टोस्टमास्टर्स वक्तृत्वमा नेपाललाई पाँच अवार्ड



 

काठमाडौं, (नेस)
नेपाली प्रतिस्पर्धीले टोस्टमास्टर्सको वक्तृत्व प्रतियोगितामा डिस्ट्रिक्ट तहको १ तथा डिभिजन तहको र ६ वटा अवार्डमध्ये ५ वटा अवार्ड जित्न सफल भएका छन्। नयाँ दिल्लीमा भएको दुवै क्षेत्रमध्ये नेपालले डिभिजन तहको मनोरञ्जनात्मक र मूल्यांकन वक्तृत्व प्रतियोगिताको ६ मध्ये ५ वटा अवार्ड जितेको हो। नेपालबाट सहभागी ११ मध्ये ५ प्रतियोगीले २ क्षेत्रमा नेपालको तर्फबाट मनोरञ्जनात्मक र मूल्यांकन प्रतियोगितामा ट्रफी हात पारेका हुन्।

मनोरञ्जनात्मक वक्तृत्वको प्रथम स्थानको विजयी टोस्टमास्टर सिमा गोल्छा र मूल्यांकन प्रतियोगिताको प्रथम स्थानमा विजयी टोस्टमास्टर दिप्ती आचार्य डिस्ट्रिक्ट तहको प्रतियोगिताका लागि छनोट हुनुभएको थियो। जसमा डिस्ट्रिक्ट अवार्डका लागि भारतभरबाट १२ डिभिजन प्रतिस्पर्धी थिए। अन्तिम चरणमा सिमा गोल्छा दोस्रो हुनुभएको थियो।
‘नेपालमा टोस्टमास्टर्सको गतिविधिको इतिहासमा पहिलो पटक प्रतिस्पर्धीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर सम्झन योग्य प्रभाव छोडेको टोस्टमास्टर एरिया डाइरेक्टर सुमन शाक्यले बताउनुभयो। त्यस्तै नेपालबाट अन्य एरिया डाइरेक्टर रञ्जित आचार्यले डिभिजन वानमा ६ मध्ये ५ अवार्ड जितेपछि, डिस्ट्रिक्ट तहमा हुनु निकै ठूलो उपलब्धि रहेको बताउनुभयो। अझ त्यसमाथि पनि मनोरञ्जनात्मक वक्तृत्व प्रतियोगितामा दोस्रो स्थानको उपाधि प्राप्त गर्नु नेपालका लागि गर्व गर्न लायक भएको उहाँ दाब्ी छ।

डिस्ट्रिक्ट ४१ कन्फ्रेन्स यही नोभेम्बर ३ देखि ५, २०१७ मा नयाँ दिल्लीमा आयोजना भएको थियो। टोस्टमास्टर्स इन्टरनेसनलको २६ वर्षे निरन्तरको यात्रापछि नेपालले डिस्ट्रिक्ट ४१ मा सहभागी भएको थियो जसमा उत्तरपूर्वी र केन्द्रीय भारत, बंगलादेश र भुटानका एरिया तथा क्लबहरू सहभागी थिए। हाल, नेपालमा ४ सय सदस्यसहित ९ वटा सक्रिय क्लब छन्। टोस्टमास्टर्सले सार्वजनिक वक्तृत्व, सञ्चार र नेतृत्व सीपमा प्रत्येक साता नियमित क्लब मिटिङमा तालिम दिँदै आएको छ

प्रतिक्रिया दिनुहोस्