स्थल आक्रमण



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले उत्तर कोरियाको आणविक हतियार कार्यक्रमको सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा ध्वस्त गराउनका लागि स्थल आक्रमण एकमात्र उपाय भएको आइतबार जनाएको छ। अमेरिकी कंग्रेस टेड लिउलाई दिइएको एक पत्रमा संयुक्त सेनाध्यक्षको तर्फबाट रियर एडमिरल माइकल डुमोनटले यस्तो धारणा अभिव्यक्त गरेका हुन्। तर, उनले यस्तो युद्धमा हताहत हुने मानिसको सम्भावित संख्याको अनुमान गर्न पनि कठिन भएको बताएका छन्। तर, उत्तर कोरियाले भूमिगत अवस्थामा लुकाइएका स्थानमा अमेरिकाले आक्रमण गर्दा प्योङयाङले आणविक प्रत्याक्रमण गर्न सक्ने पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्