फिल्म साउथ एसियामा



सोजः अ ब्यालेड अफ म्यालाडिज र डेमोन्स इन प्याराडाइज अब्बल

फिल्म साउथ एसियाको एघारौं संस्करणमा भारत र श्रीलंकाका निर्देशकले निर्देशन गरेका दुई डकुमेन्ट्रीलाई संयुक्तरूपमा रामबहादुर ट्रफी आउट स्ट्यान्डिङ फिल्म अवार्डबाट पुरस्कृत गरिएको छ। भारतका तुशार माधव र सार्भनिक कौरद्वारा निर्देशित सोजः अ ब्यालेड अफ म्यालाडिज तथा श्रीलंकाका निर्देशक जुडे रत्नमद्वारा निर्देशित डेमोन्स इन प्याराडाइजलाई २ हजार अमेरिकी डलरसहित ट्रफी प्रदान गरिएको हो।

आइतबार सम्पन्न कार्यक्रममा सेफर्डरस अफ द ग्ल्यासिरिजलाई १ हजार अमेरिकी डलरसहित जुरी अवार्ड प्रदान गरियो। भारतको रसन पियालाई पनि १ हजार डलरकै तारिक मसुद बेस्ट डेब्यु अवार्ड प्रदान गरिएको छ। कार्यक्रममा भारतीय निर्देशक चन्द्रशेखर रेड्डी निर्देशित फायर फ्लाइज इन्ट हि एबेजलाई पनि युनिसेफले १ हजार डलरसहित बेस्ट फिल्म अन चिल्ड्रेन इस्यु अवार्ड प्रदान गर्यो भने म्यानमारका कई नाउ खमद्वारा निर्देशित ३२ सोल्सले ५ सय डलरसहित बेस्ट स्टुडेन्ट अवार्ड पायो।
फिल्म साउथ एसियामा मानव अधिकार श्रम, आर्ट, जेन्डर एन्ड क्सुवालिटीलगायतका विधाका फिल्म समेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्