ह्याप्पी डेजको भिडियो गीत सार्वजनिक



निर्मँता निर्देशक मिलन चाम्सद्वारा चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको ब्यानरमा निर्मित रोमान्टिक ड्रामामा आधारित फिल्म ह्याप्पी डेज गीतको भिडियो रिलिज गरिएको छ। नेपालसहित लन्डन, वेल्स, इंग्ल्यान्ड र स्कटल्यान्डमा छायांकन गरिएको फिल्मको ३ गीतका भिडियो सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच रिलिज गरिएको हो।

कार्यक्रममा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वरेको तिमीबिना खाली खाली छ मन, ताराप्रकाश लिम्बु र दीपा लामाकै स्वरको सुस्त यो धड्कन र यसअघि नै आइसकेको राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वरेको चेप्टे चेप्टे पेरुङ्गो बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा निर्देशक चाम्सले फिल्मका बारेमा प्रकाश पारेका थिए। ‘अहिले नेपाली फिल्मले १८ करोडमाथिको ब्यापार गरिसकेको अवस्था छ। यो बढेर ५० करोड र सय करोड पुग्नुपर्छ। यसका लागि मिडियाको धेरै ठूलो भूमिका हुन्छ’ –निर्देशक चाम्सले भने।


अभिनेता दयाहाङ राईले पनि फिल्मका आफूले सबैलाई मनपर्ने अनौठो खालको भूमिका निर्वाह गरेको र यसलाई सबैले मन पराउने आशा व्यक्त गरे। अर्का प्रमुख कलाका सञ्जय गुप्ताले फिल्मको सदस्य बन्न पाएकोमा आभार व्यक्त गरे।
२ करोड ५० लाखको बजेटमा तयार भएको फिल्ममा अन्य कलाकारमा विक्की जोशी, शिशिर राणा, रूपा पुन, रिकेश चाम्स, जेन बेकललगायत रहेका छन्। बीपी खनाल, भवानी शर्मा, हिराल जोशी र डा. अशोक वंशलद्वारा निर्मित फिल्म पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकले भोगेको संघर्ष, पीडा, प्रेम प्रसंगमा आधारित रहेको निर्देशक चाम्सले खुलाए। नेपालमा आगामी माघ १२ र बेलायतमा यही नोभेम्बर १२ मा रिलिज डेट तोकिएको फिल्मलाई रामकुमार केसीले खिचेका हुन्। फिल्मको गीतमा ताराप्रकाश लिम्बु र राजनराज शिवाकोटी, संगीत तथा सम्पादन अर्जुन जीसीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्