कांग्रेस कार्यकर्तानै गोरखामा बाबुरामलाई हराउँदै



गोरखा । गोरखाको २ का कांग्रेस नेता कार्यकर्ताले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा डा बाबुराम भट्टराईलाई भोट नहाल्ने घोषणा गरेका छन् ।प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नयाँ–शक्ति नेपालका संयोजक डा भट्टराईलाई चुनावी तालमेलका नाममा पार्टीले समर्थन गरेकोमा तीब्र असन्तुष्टि जनाउँदै कांग्रेस कार्यकर्ताहरूले विवेकसम्मत रुपमा आफ्नो मतको प्रयोग गर्ने बताए ।पत्रकार सम्मेलनमा बोल्दै केही कांग्रेस कार्यकर्ताले सामानुपातिक प्रणालीतर्फ मात्रै भोट हाल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्