नेपाल एयरलाइन्सको विमान गौतमबुद्ध विमनस्थलमा दुर्घटना



काठमाडौँ । रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले बताए । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको थियो । जहाजमा दुई जना चालकमात्र रहेकामा उनीहरु दुवै जना सकुशल छन् । जहाज रनवे देखि एक मिटर छेउमा पुगेको छ । विमान रनवेमा दुर्घटना भएपछि अहिले त्यहाँबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्