सरकारले ल्यायो बाढीपहिरो पीडितका लागि विशेष राहत योजना



नेपाल समाचारपत्र, काठमाडौ ।
सरकारले बाढी प्रभावित तराईबासीका लागि विशेष राहत योजना ल्याएको छ। बाढी गएको झण्डै ५ महिना पुग्नै लाग्दा बल्ल सरकारले बाढी प्रभावितका लागि विशेष राहत प्याकेज ल्याएको हो।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विशेष राहत योजनाको विस्तृत खाकालाई पास गरेको हो। सरकारले सो विशेष राहत योजना छिट्टै कार्यान्वयनमा ल्याउने बताएको छ। त्यसैगरी, बैठकले ग्रामीण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैठकबाट १ सय मिलियन अमेरीकी डलर ऋण सहायता लिने निर्णय पनि गरेको छ।

ऋण सहायता लिने सम्बन्धमा वार्ता गर्न बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामीण सडकस्तर उन्नति गरी कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा ल्याउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्