एमालेका उपाध्यक्ष सहित एक दर्जन कार्यकर्ता काँग्रेसमा



हेटौंडा,(नेस) ।
नेकपा एमालेका गाउँ कमिटी उपाध्यक्षसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । हेटौंडामा आइतबार भएको एक कार्यक्रममा नेकपा एमाले साविक डाँडाखर्क गाउँ कमिटी उपाध्यक्ष मंगले मोक्तानसहित नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

कार्यक्रममा कैलाश गाउँपालिका वडा नम्बर २ बाट स्थानीय तहमा एमालेका तर्फबाट महिला सदस्य उम्मेदवार सरिता थापामगर, निमलाल मोक्तान, आइतसिंह मोक्तानलगायत नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रतिनिधिसभा २ को २ नम्बर प्रदेशसभा उम्मेदवार इन्द्रबहादुर बानियाँले देशको विकास र गाउँको विकासका लागि काँग्रेसको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, क्षेत्रीय सभापति लोक मोक्तानलगायत नेता कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्