नेपाली कांग्रेस वीपी र राप्रपा राष्ट्रवादी एक हुने !



काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस वीपीले राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेका छन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व डा प्रकाशचन्द्र लोहनीले गरेका छन नेपाली कांग्रेस वीपीको नेतृत्व हरिबोल भट्टराईले गरेका छन । दुई पार्टीबीच अहिलेको चुनावमा राप्रपा राष्ट्रवादीको गोलकाकारभित्रको हलोमा मतदान गरेर अघि बढ्ने सहमति भएको छ । चुनावमा तालमेल गर्न सहमत भएका दुई दलले चुनावपछि एकता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्