आजदेखी सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट



काठमाडौं । सरकारले सोमबारदेखि सवारी साधनमा नयाँ प्रविधिको नम्बर प्लेट ‘इम्बोष्ड प्लेट’ वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागले सोमबार ३ पाङ्ग्रे, ४ पाङग्रे साना र ४ पाङग्रे ठूला सवारी साधनमा इम्बोष्ड प्लेट वितरणका लागि अनलाइन सेवामार्फत आवेदन खुला गरेको छ ।

प्रदेश संरचना अनुसार नै इम्बोष्ड प्लेट वितरणको काम सुरु गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । इम्बोष्ड प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय र ४ पाङग्रे ठूला सवारीका लागि ३ हजार ६ सय शुल्क बुझाउनु पर्नेछ । प्रवक्ता पाण्डेले इम्बोष्ड प्लेटमा अञ्चलको सट्टा प्रदेश नम्बर उल्लेख गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारले सवारी साधन तथा यातायात नियमावली संशोधन गरी सवारी साधनमा अत्याधुनिक इम्बोष्ड नम्बर राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्