सिन्धुलीमा जीप दुर्घटना, चारको मृत्यु, सात घाइते



काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–४ टर्किवेशीमा बुलेरो जीप दुर्घटना हुँदा चारचनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । आइतबार राति करिब नौं बजेतिर भएको दुर्घटनामा फिक्कल–४ का अमरबहादुर दर्लामी, रामप्रसाद बराल, जीतबहादुर मगर र नरबहादुर बलम्पाखीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते छविराम बलम्पाखी, बीरमान रोक्का, मिठु मगर, मैना आले, लोकबहादुर क्याप्छाकी र लीलबहादुर मगरको स्थानीय शुभजीवन अस्पताल खूर्कोेटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते एकजनालाई भने थप उपचारका लागि काठमाडौंस्थित बीएण्डबी अस्पताल ल्याइएको छ ।

खुर्कोटबाट खाङसाङ वेशीतर्फ जाँदै गरेको बा ७ च ३६९५  नम्बर जीप उकोलो चड्ने क्रममा सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार शव पोष्टमाडमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

जीपका चालक फिक्कल–३ का यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस्