ट्रम्पलाई चेतावनी



 

सोल, (एजेन्सी)
उत्तर कोरियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बारे अनावश्यक टिका टिप्पणी गरेको भन्दै चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय जगत प्योङयाङको आणविक सन्त्राशमा परेका बेला हिजोदेखि ट्रम्पले एसियाली मुलुकहरूको भ्रमण प्रारम्भ गरेका छन्। दक्षिण कोरियाको सरकारी अखबार रोदोंग सिन्मुनले ट्रम्पको कडा र अस्थिर प्रतिक्रियाको कारण उत्तर कोरियाबाट अमेरिकामा आणविक आक्रमण हुनसक्ने भन्दै समयमै ट्रम्पमाथि महाभियोग लगाउन अमेरिकी जनताले दवाव दिन थालेको जनाएको छ। हिजो जापानको राजधानी टोकियोमा पुगेका ट्रम्पले उत्तर कोरियालाई संकेत गर्दै कुनै तानाशाहले अमेरिकालाई दबाउन नसक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्