आईएमईको १० लाख न्यौपानेलाई



 

काठमाडौं, (नेस)
चाडपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘छक्का–पञ्जा’ अफरका विजेतालाई १० लाख नगद प्रदान गरिएको छ। आईएमईका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रबन्धक कृष्ण आचार्यले संयुक्त रुपमा पहिलो बम्पर उपहारको रुपमा १० लाख रुपियाँ राशी बराबरको चेक अम्बिका न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो।

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय रुपियाँ पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो। आईएमईका थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त उपहार प्रदान गरिएको हो।

कम्पनीले १७औं वर्षसम्म आइपुग्दा १ सय ६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार ८ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत रेमिट्यान्स प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्