सेलेना र जस्टिन फेरि सँगै



अमेरिकी पप गायिका सेलेना गोमेज तथा गायक जस्टिन बिबर फेरि एक पटक सँगै देखिएका छन्। ब्रेकअपको केही वर्षपछि हालै उनीहरू एकसाथ देखिएका हुन्।

एजेन्सीका अनुसार उनीहरू ब्रेकअपपछि आ–आफ्नै काममा व्यस्त थिए। तर उनीहरू हालै लस एन्जलसमा सँगै बाइक राइडिङ गरिरहेको अवस्थामा देखिएका हुन्। सेलेनाले केही हप्ताअघि मात्र आफ्ना प्रेमी तथा क्यानेडियन गायक द विकेन्डसँग ब्रेकअप लिएकी थिइन्। त्यसपछि नयाँ हप्ताको शुरूमै उनी जस्टिनका साथ नयाँ स्वरूपमा देखिइन्। उनी लस एन्जलसमा जस्टिनका साथ म्याचको मजा उठाइरहेको भेटिएको एजेन्सीले जनाएको छ। दोस्रोपटक भने उनी बिबरका साथ बाइक राइडिङ गरिरहेको अवस्थामा देखिइन्। खबरअनुसार दुवै सेलेनाको घरबाट बाइकमा निस्किएर घुम्न गएका थिए। उक्त समय बिबर बाइक चलाउँदै ठूलो स्वरमा गीत गाइरहेका थिए। ठूलो स्वरमा गीत गाइरहेका बिबर हात पनि हल्लाएर नाचिरहेका थिए। यता सेलेना पनि बिबरलाई देखेर आफ्नो हाँसो रोक्न सकिरहेकी थिइनन्। दुवैले लामो समयसम्म बाइक राइडिङ गर्दै सेलेनाको घर गएको र सेलेनालाई घरमा छोडेर जस्टिन फर्केको समाचारमा जनाइएको छ।

सन् २०११ देखि २०१४ सम्म सम्बन्धमा रहेको यो जोडीलाई फेरि एक पटक साथै देख्दा मानिसहरूलाई रमाइलो र आश्चर्य लागिरहेको छ। सेलेनाले केही समयअघि मात्र आफ्नो मृगौला प्रत्यारोपण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्