भूकम्पको भविष्यवाणीले पाकिस्तानमा खैलाबैला



 

नयाँदिल्ली, (एजेन्सी)
भारतका एकजना भविष्यवक्ताले गरेको भविष्यवाणीले पाकिस्तानलाई चिन्तित बनाएको छ। बाबु कलायिल नामका ती व्यक्तिले डिसेम्बरमा हिन्द महासागरमा ठूलो भूकम्प र प्रलयंकारी सुनामी आउने भविष्य गरेका थिए।

ती व्यक्तिले आफ्नो छैठौं इन्द्रियको मद्दतले उक्त कुरा थाहा पाएको यस विषयमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्र लेखेको दावी गरेका छन्। यद्यपि भारतमा उनको भविष्यवाणीलाई लिएर कुनै प्रभाव देखिएको छैन। तर छिमेकी राष्ट्र पाकिस्तानले त्यसलाई गम्भिरताका साथ लिएको देखिन्छ।

प्रधानमन्त्री मोदीको नाममा लेखिएको पत्रमा बाबुले आफ्नो अदभूत छैंठो इन्द्रियबाट यस वर्ष समाप्त हुनुअगाडि हिन्द महासागरमा एक भूकम्प आउने र त्यसबाट सुनामी उत्पन्न हुने दावी गरेका छन्। उक्त सुनामीको चपेटामा भारत र पाकिस्तानसहित ७ देश आउनेछन्।

उक्त पत्रका कारण पाकिस्तानमा सरकारी संस्थाहरू यस वर्षको डिसेम्बरमा सम्भावित भूकम्प र सुनामीको प्रभावबाट बच्ने तयारीमा जुटेको जनाइएको छ। बाबुले आफ्नो उक्त भविष्यवाणीको कुनै वैज्ञानिक कारण दिएको छैन। विश्वमा अहिलेसम्म भूकम्पको सही पुर्वानुमान गर्ने कुनै प्रविधिको विकाश भएको छैन।

पाकिस्तानमा सामाजिक सञ्जालमा पनि उक्त पत्रको विषयम चर्चा भइरहेको छ। धेरै जसो उक्त भविष्यवाणी पछि जारी गरिएको सरकारी विज्ञप्तीलाई लिएर अचम्भित भएका छन्।

उक्त विज्ञप्ती भुकम्पबाट प्रभावित इलाकाको निर्माण र पुनस्र्थापन निकाय ‘इरॉका प्रमुखले आफ्ना केही मातहतका कार्यालयले पठाएका थिए। पाकिस्तानको आईएसआईले हिन्द महासागरमा भूकम्पको पूर्व चेतावनीपछि त्यसको सामना गर्न नोभेम्बर ६ मा बैठक बोलाएको छ।

उक्त विज्ञप्तीमा आईएसआईले भविष्यमा हिन्द महासागरमा ठूलो भूकम्पको खतरालाई सचेत गराउँदै सरकारी संस्थाहरूलाई त्यसको क्षति न्यून गर्न आवश्यक तयारी गर्न आदेश दिएको छ।

पाकिस्तानको मौसम विभागका प्रमुख डा. गुलाम रसुलले आईएसआईको तर्पmबाट उक्त खबर प्राप्त भएपछि पाकिस्तानका कयौं सरकारी संस्थाहरू हिन्द महासागरमा सम्भावित भूकम्प र त्यसको प्रभावबाट सुरक्षित हुने तयारी गरिरहेको बताए।

आईएसआईको उक्त चेतावनीको आधार भारतीय प्रधानमन्त्रीलाई लेखिएको पत्र नै भएको उनले बताए, जसमा डिसेम्बरको अन्त्यसम्ममा भूकम्पको भविष्यवाणी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्