मंगल ग्रहको अनौठो पुच्छर



नासा, (एजेन्सी)

सौर्य मण्डलमा बृहस्पति ग्रहको कयौं चन्द्रमा छन्, शनि ग्रहवरपर चक्रहरूले घेरिएका छन् र पृथ्वीमा जीव छ, तर मंगल ग्रहसँग त्यस्तो विशेष के छ ? यो प्रश्नको जवाफ हालै नासाको खोजले दिएको छ। नासाको मावेन (मार्स अट्मोस्फेयर एन्ड भोलाटाइल इभोलुसन मिसन) अन्तरिक्ष यानले मंगलग्रहको पुच् र पृथ्वीमा जीवन छ, तर मंगल ग्रहसँग त्यस्तो विशेष केछ ? यो प्रश्नको जवाफ हालै नासाको खोजले दिएको छ।

नासाको मावेन (मार्स अट्मोस्फेयर एन्ड भोलाटाइल इभोलुसन मिसन) अन्तरिक्ष यानले मंगलग्रहको पुच्छर भएको पत्ता लगाएको छ। तर यो वास्तवमा हामीले देख्न सक्दैनौं।

अदृष्य चुम्बकीय बलले बनेको उक्त ग्रहको पुच्छर सौर्य प्रणालीमा हामीले थाहा पाएका कुनै पनि तथ्यभन्दा अनौठो हो। यो पृथ्वीको चुम्बकीय क्षेत्र र शुक्र ग्रहको चुम्बकीय पुच्छरभन्दा विल्कुल भिन्न छ। यसको आफ्नै चुम्बकीय क्षेत्र छैन। मंगल ग्रहको यो पुच्छर वास्तवमा २ वटा एकआपसमा काटिएका छन्।

हामीले मंगल ग्रहमा त्यसलाई फेला पारेका छौं, चुम्बकीय पुच्छर अर्थात् म्याग्नेटोटेल सौर्य प्रणालीभित्र आफैंमा अनुपम हो– ‘नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका गयान डिब्रासियोले बताए।’ ‘यो शुक्र ग्रहमा फेला परेको म्याग्नेटोटेलजस्तो छैन न त पृथ्वीको जस्तो नै , जुन उसको आफ्नै चुम्बकीय क्षेत्रले घेरिएको छ। यद्यपि यो दुबैको संयोजन हो।

धेरै वर्षअगाडि कुनै बेला मंगलग्रहको पृथ्वीको जस्तै प्रचुर चुम्बकीय क्षेत्र रहेको थियो। तर यसले प्रायः गुमाइसकेको छ। जुन बाँकी अंश हो त्यो त्यसकै अवशेष हो। अहिले यो उक्त ग्रहको अनौठो पुच्छर भएर बसेको छ।

मावेन अन्तरिक्षयानले मंगलग्रहलाई कक्षबाट नियालिरहेको एक वर्ष पूरा भएको छ। मंगलग्रह अनुसन्धानमा यस यानको अभियान ६ वर्षसम्म लम्बिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्