जोगमाया चापागाईं गजल पुरस्कार संर्घषलाई



 

नेपाल समाचारपत्र
काठमाडौं
जोगमाया चापागाईं प्रतिष्ठानले प्रदान गर्दै आएको जोगमाया चापागाईं गजल पुरस्कार गजलकार कमल संघर्षलाई प्रदान गरिएको छ। गतवर्ष प्रकाशन भएको गजल संग्रह सडकलाई एक कार्यक्रमका बीच घोषणा जोगमाया चापागाईं गजल पुरस्कार प्रदान गरिनुका साथै पुरस्कृत गजलकार कमल संघर्षको एकल गजल वाचन सम्पन्न भएको हो।
२५ हजार रासी र ताम्रपत्रसहित हरेक वर्ष गजल लेखनमा सक्रिय रहेका मध्यबाट एकजनालाई प्रदान गरिंदै आएको उक्त पुरस्कार जोगमाया चापागाईं प्रतिष्ठानले यस वर्षका लागि युवापुस्ताका सशक्त गजलकार संघर्षलाई दिने निर्णय पुरस्कार संयोजन समितिले गरेको थियो।

सुदामा चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले नेपाली गजलमा कमल संघर्षजस्ता केही श्रष्टाहरू देखा पर्नु नेपाली गजलको भविष्यलाई फराकिलो बनाएको बताउनुभएको थियो।

गजलकार कमल संघर्षले जंगल पसे बुद्धहरू बन्दुक बोकेर, ऐनाले पनि अनेक थरिको ,उदाहरणका लागि, प्रयोगशालामा, आफ्नै मन पनि अरूको, देशले दिन्न कामकाज खाडीमा पुग्छ, चिठ्ठी नपठाउनु, धरहराबाट, मलाई के थाहा देश राजधानीभित्र हुन्छ ,जाने बेलामालगायतका १ दर्जन गजलहरू वाचन गरेका थिए। गजलकार पूर्ण रावलले भूमिका बाँधेको कार्यक्रमको संचालन ज्ञानु बिद्रोहीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्