पाठेघर क्यान्सर परीक्षण सम्पन्न



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल आर्युवेद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाले हालै काठमाडौं महानगरपालिका १२ मा एक दिने पाठेघर क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

एकदिने स्वास्थ्य परीक्षणमा काठामाडौं शाखा, चिन्तामणि सामुदायिक अध्ययन केन्द्र, नेशनल क्यान्सर हस्पिटल एनड रिसर्च सेन्टर, हरिसिद्धि तथा इनर ह्वील क्लव अफ बागमतीको संयुक्त आयोजनामा स्तन तथा पाटेघरको क्यान्सरसँग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको थियो।

कार्यक्रममा चिन्तामणि अध्ययन केन्द्रका अध्यक्ष अनिता महर्जन, वडा अध्यक्ष विकास डंगोल, जिल्ला शाखाका सभापति अजयसिंह सुवाल, नेसन अस्पतालका कविता महर्जन तथा वडा कार्यालयका सचिव दिव्यलक्ष्मी वज्राचार्यलगायतका समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शाखा उपसभापति बिमला शाक्यले यस्ता स्वास्थ्य शिविरहरू विभिन्न वडा तथा स्थानीय स्तरसम्म पुग्ने गरी निरन्तर रूपमा संचालन गर्दै आइरहेकोमा आगामी दिनहरूमा अर्झै सक्रिय बनाउदै लैजाने बताउनुभयो। एकदिने शिविरमा १ सय १५ जना स्थानीय महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा नेसनल अस्पतालका डा. मुरारी श्रेष्ठको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेको नेपाल अर्बुद्ध रोग निवारण संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्