नाम र दाम अनि हाम



 

नाम काम दाम सबै मिल्ने मान्छे पाउन कठिन छ। कस्को के मिल्छ कस्को के मिल्दैन यो हामी सबैले बुझेको र देखेको कुरा हो।

नाम पनि खोज्ने र दाम पनि खोज्नेको भिड हेर्न कहा जानुपर्ला भनेर धरहराले सोचेको के मात्र थियो, त्यो पात्र पाइने एउटा संगठन रहेछ नेपाल प्रहरी।

नेपाल प्रहरीमा नाम पनि कमाउने दाम पनि कमाउने प्रहरीको भिड लाग्न थालेपछि यो संगठन अब जनताको सुरक्षा होइन, आफ्नो दामको सुरक्षामा लाग्न थालेको देखेपछि धरहरा तीनछक परेको छ। हैन के भाका हुन् यी प्रहरी भन्ने जात पनि? जति कमाए पनि नपुग्ने आहारिसे जात रहेको निष्कर्षमा धरहरा पुगेको छ है पाठकवृन्द⁄

 

प्रतिक्रिया दिनुहोस्