हत्या हुने डरले प्रधानमन्त्रीद्वारा राजीनामा



 

बेरुत, (एजेन्सी)
लबनानी सरकारी टेलिभिजनमार्फत् आफूलाई ज्यान जाने सन्त्रास बढेका कारण जनाउँदै त्यहाँका प्रधानमन्त्री साद अल–हारिरीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रको नाममा गरिएको उक्त सम्वोधनमा उनले इरानको कडा आलोचना गरेका छन्।

हारिरीका पिता तथा पूर्वप्रधानमन्त्री रफिक अल –हारिरीको सन् २००५ मा हत्या गरिएको थियो। उनले इरानले लेबनानलगायत अन्य थुपै्र मुलुकमा सन्त्रास र विनाश फैलाइरहेको आरोप पनि लगाएका छन्। सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनिसकेका उनी गत वर्षको नोभेम्बरमा पुनः प्रधानमन्त्री बनेका थिए। साउदी अरेबियाको राजधानी रियादबाट प्रशारित टेलिभिजनमा उनले भनेका छन् , ‘शहीद रफिक अल– हारिरीको हत्याको बेलाको जस्तो परिपस्थितिमा हामी बाँचिरहेका छौं। मैले मेरो ज्यान लिने षड्यन्त्र भइरहेको महशुस गरिरहेको छुँ।’

उनले लेबनानको सत्तामा बलियो पकड बनाइराखेका इरान समर्थित सिया आन्दोलनका हिज्वोल्लाहको पनि कडा आलोचना गरेका छन्। उनले केही समय यता इरानको कट्टर विरोधी राष्ट्र साउदी अरेबियाको पटक–पटक भ्रमण गरिसकेको छ। गत वर्ष पदभार सम्हाल्ने क्रममा हारिरीले दुई वर्षदेखि राजनीतिक अस्थिरतामा फसेको लेबनानलाई नयाँ युगमा डोर्याउने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्