विश्वसनीय आरोप



 

न्युयोर्क सिटी, (एजेन्सी)
अमेरिकाको न्युयोर्क प्रहरीले १ जना अभिनेत्रीद्वारा ७ वर्ष पहिले आफूमाथि बलात्कार गरेको भनी आरोप लगाइएका हलिवुड चलचित्र निर्माता हार्भी वेइन्स्टेइन विरुद्धको संभावित प्रमाणहरू फेला परेको जनाएको छ। न्युयोर्क प्रहरी विभागका अधिकारी रोवर्ट बोयसले यस विषयमा १ जना महिलाले विश्वसनीय विस्तृत बयान पेश गरेको पत्रकारहरूलाई जानकारी दिएका छन्। यसअघि चर्चित अभिनेत्री पाज डे ला हुएर्टाले भ्यानिटी फेयरमा वेइन्स्टेइनले सन् २०१० मा न्युयोर्कमा आफूलाई २ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनलाई दर्जनौं महिलाले यस्तो आरोप लगाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्