क्षेप्यास्त्र प्रदर्शित



 

 

तेहरान, (एजेन्सी)
इरानले शनिबार सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरी अमेरिकीहरूलाई बन्धक बनाइएको वार्षिक दिवस मनाउने क्रममा जमिनबाट जमिनमा मार हान्ने क्षेप्यास्त्र प्रदर्शन गरेको छ। इरान र विश्वका शक्ति राष्ट्रहरूबीच इरानको विवादास्पद आणविक हतियार कार्यक्रम नियन्त्रण गर्ने विषयमा भएके सम्झौता अनिश्चित अवस्थामा पुगेको छ। तेहरानस्थित पूर्वअमेरिकी दूतावास परिसरमा राखिएको २ हजार किलोमिटर दूरी क्षमताको उक्त ठोस इन्धनबाट चल्ने सेज्जिल नाम क्षेप्यास्त्र हेर्न हजारौं व्यक्ति उपस्थित भएको सरकारी संचार माध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्