ग्याङ लिडर मारिए



 

 

मेक्सिको सिटी, (एजेन्सी)
आफ्नो वास्तविक परिचय लुकाउन प्लास्टिक सर्जरीमार्फत् अनुहार बदल्ने र औंलाका छाप मेट्ने काम गरिरहेकै अवस्थामा मेक्सिकोका १ जना ग्याङ लिडर मारिएका छन्। सरकारी अधिकारीहरूले प्युबेला शहरस्थित एउटा क्लिनिकमा प्रवेश गरी बन्दुकधारीहरूले अपरेटिङ टेबुलमै रहेका जिसस मार्टिन उर्फ एल कालिम्वाको हत्या गरेको शनिबार बताएका छन्। प्रहरीले उनी विपक्षी दुई समूहको विवादका कारण मारिएको हुनुपर्ने अनुमान गरेको छ। प्रहरीले मार्टिनले पाइप लाइनहरूबाट अवैध ढंगले तेल चोर्ने धन्धा चलाउँदै आएको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्