पश्चिम रुकुममा वाम गठबन्धन र नेपाली कांग्रेसको रोचक भिडन्त, विजयी हुनेमा आ–आफ्नै दाबी



२०४८ सालमा भएको निबार्चनमा यि दुवै नेताले प्रतिस्पर्धा गरेका थिए। त्यतीबेला शर्मालाई शाहले पराजित गरेका थिए। २०७० सालको संबिधान सभा निबार्चनमा जनार्दन शर्माबाट पराजित भएका शाह यस पटक पनि भिड्दै छन्। यस पटकको निबार्चनमा एमाले र माओबादी बिच चुनावी तालमेल भएपछि रुकुममा माओबादीको भागमा परेको छ। एमालेले आफ्नो साझा उम्मेदवार शर्मा भएको भन्दै संयुक्त प्रचार सुरु भइसकेको छ।

धनवीर दाहाल, मुसिकोट रुकुम

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निबार्चनमा रुकुम पश्चिममा बाम गठबन्धन र नेपाली कांग्रेस बिच रोचक भिडन्त हुँदै छ। प्रतिनिधि सभाका लागी बाम गठबन्धनबाट माओबादी प्रभावशाली नेता जनार्दन शर्मा र नेपाली कांग्रेसबाट पुर्व राज्य मन्त्री गोपालजीजंग शाह प्रतिस्पर्धामा छन्। २०४८ सालमा भएको निबार्चनमा यि दुवै नेताले प्रतिस्पर्धा गरेका थिए। त्यतीबेला शर्मालाई शाहले पराजित गरेका थिए। २०७० सालको संबिधान सभा निबार्चनमा जनार्दन शर्माबाट पराजित भएका शाह यस पटक पनि भिड्दै छन्। यस पटकको निबार्चनमा एमाले र माओबादी बिच चुनावी तालमेल भएपछि रुकुममा माओबादीको भागमा परेको छ। एमालेले आफ्नो साझा उम्मेदवार शर्मा भएको भन्दै संयुक्त प्रचार सुरु भइसकेको छ।

नेकपा एमाले रुकुमका पुर्व अध्यक्ष एवं प्रदेश नं ६ का सदस्य ठगेन्द्रप्रकाश पुरीले पार्टी एकताको प्रक्रिया सुरु भएको र निबार्चन पछि टुंगोमा पुग्ने बताए। दुवै पार्टीका साझा उम्मेदवार शर्मा भएकोले निर्धक्क भएर भोट हाल्न उनले आग्रह गरे। यस्तै नेपाली काँग्रेसका उम्मेदवार शाहले लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसले जित्नै पर्ने बताएका छन् । उनले नेपालका कम्युनिटहरूले बेला बेलामा जनतालाई धोका दिंदै आएको स्मरण गराउँदै अहिले पनि बाम गठबन्धनको नाममा उनीहरूले नेपाली जनतालाई धोका दिन लागेकोले यसतर्फ सचेत हुन सबै मतदाताहरूलाई आग्रह गरे। लोकन्त्र बलियो भए मात्र देशको विकास र समृद्धि सम्भव हुने भएकाले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा लोकतान्त्रीक शक्तिको बहुमत आउने उनको भनाई थियो।

पूर्व राज्यमन्त्रीसमेत रहेका नेता शाहले रुकुमको विकास र समृद्धीको लागि आफु र आफ्नो पार्टीले ठुलो योगदान गरेकाले अब हुने निर्वाचनमा रुकुमेली जनताले आफुलाई बिजयी गराएर छोड्ने दाबी गरे। रुकुमको शिक्षा, स्वास्थ्य, विद्युत, रोजगार लगायतको विकासमा आफ्नो पार्र्टीले महत्वपूर्ण भुमिका निर्वाह गरेकोले स्मरण गराउँदै उनले अबको निर्वाचनमा रुख चिन्हमा मतदात गरेर काँग्रेसलाई जिताउन आग्रह समेत गरेका छन्। बाम गठबन्धनका उम्मेदवार माओबादी केन्द्रका नेता शर्माले पश्चिम रुकुममा आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन्। २०६४ र २०७० मा बिजयी भएका शर्मा यस पटक एमालेको समेत साथ पाएकोले झनै खुसी देखिएका छन्। उनले हिजोको तीतामिठा कुराहरूलाई विर्सेर अब देश निर्माणका लागि लाग्नुपर्नेमा नेताहरूले जोड दिएका छन्।

परिवर्तन र विकासका लागि आन्दोलन गर्दागर्दै नेपाली जनताहरू हैरानै भएकोले अब परिवर्तन र विकासका लागि पार्टी एकतामा लागेको बाम नेताहरूको भनाई छ। जिल्लामा र देशको लागी आफुले गरेको काम रुकुमका जनताले मुल्यांकन गर्ने शर्माको भनाई छ। कम्युनिष्टहरू एकता हुन सक्दैनन भन्ने भ्रमलाई गलत सावित गर्दै कम्युनिष्टको निति अनुसार समाजबाद हुँदै साम्यवाद पुग्नका लागि एकताको खाँचो भएकोले पार्टी एकता गर्नै लागेको रुकुमका बाम नेताहरूको भनाई छ। रुकुम (पश्चिम)का प्रमुख नेता एवं नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर के.सीले जनताको चाहना अनुसार पार्टी एकता प्रक्रिया सुरु भएको बताए। कतिपयले यो निबार्चन सम्मका लागी मात्र हो भनि भ्रम छर्ने काम गरेको भन्दै पार्टी एकताका लागी आफुहरू होमिएको बताए।

यसै गरी एकता संयोजन समितीका प्रमुख नेता एवं माओबादी केन्द्रका रुकुम (पश्चिम) इन्चार्ज राजकुमार शर्माले अव गाँउ गाँउमा संयुक्त निबार्चन परिचालन कमिटी निमार्ण हुने जानकारी दिए। पार्टी एकताले जनतामा खुसी छाएको बताउनुहुँदै नेता शर्माले राष्ट्रलाई समृद्ध बनाउनका लागी एक हुनुको बिकल्प नभएको जनाए। आगामी मंसिर १० गते हुने निबार्चनमा रुकुममा आफ्नो गठबन्धनले भारी मतका साथ आफ्ना उम्मेदवारलाई बिजयी बनाउने दावी गरे। यति मात्र नभएर द्धन्द्धकालमा सँगै लडेका जनार्दन शर्माका सँगैका सहपाठी सरुण बाँठा यस पटक नयाँ शक्तिबाट शर्मासँगै चुनावी प्रतिस्पर्धामा छन्। उनी पनि यस पटक आफुलाई जनताले मत दिने र आफुले जित्ने दावी गर्दछन्।

यस्ता छन् पश्चिम रुकुमका उम्मेदवार

नामः गोपालजीजंग शाह
दलः नेपाली कांग्रेस
पदः प्रतिनिधि सभा सदस्य रुकुम (पश्चिम)
ठेगानाः मुसीकोट नगरपालिका वडा नं. १३, रुकुम (पश्चिम)
मुसीकोट नगरपालिका वडा नं. १३ निवासी गोपालजीजंग शाह नेपाली कांग्रेस रुकुमको अभिावकका रूपमा चिनिन्छन्। यहाँ कांग्रेसको बीउ रोप्ने भनेर उनलाई चिनिन्छ। उनी पञ्चायत राजनीति संगै २०२५ सालमा नेपाल विद्यार्थी संघको राजनीतिमा लागेँ। २०४६ सालमा पार्टी राजनीतिमा होमिएका शाह २०४८ सालको चुनावमा तत्कालिन गृहमन्त्री जनार्दन शर्मा लाई पराजित गर्दै बिजयी भएका थिए। २०५१ सालमा भएको चुनावमा पुनः उनी विजयी भए।

२०५६ सालको चुनावमा उनले नेकपा एमालेवाट पराजित भए। २०६४ सालको चुनावमा पार्टीको समानुपातिक सुचीमा परेका उनी सभाषद् बन्न पाएनन्। २०७० सालका चुनावमा पुनः तत्कालिन गृहमन्त्री शर्मावाट पराजित भए। अहिले उनी उनै शर्मा संग चुनावी मैदानमा छन्। शाह पञ्चायलका बेला २०३८ सालमा श्रम सहायक मन्त्री भए। २०५२ सालमा पुनः सहायक मन्त्री भएका शाह २०५३ मा वाणिज्य राज्य मन्त्री भए। अहिले उनी रुकुम (पश्चिम) वाट प्रतिनिधि सभा सदस्यका लागि
चुनाव लड्दैछन्।

नामः जनार्दन शर्मा
दलः नेकपा माओवादी केन्द्र
उम्मेदवारः प्रतिनिधि सभा सदस्य रुकुम (पश्चिम)
ठेगानाः मुसीकोट नगरपालिका वडा नं. ५, रुकुम (पश्चिम)
तत्कालिन नेकपा माओवादीमा पुर्ण भूमीगत राजनीति गरेको जनार्दन शर्मा मुसीकोट नगरपालिका वडा नं. ५ सेरीगाउँमा २०२० सालमा जन्मिएका हुन्। २०४८ सालमा संयुक्त जनमोर्चावाट चुनाव लडेका उनी त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवारवाट पराजित भएका थिए। गणतन्त्र पछिको पहिलो पटक २०६४ सालमा भएको संविधान सभाको चुनावमा उनी विजयी भए। पुनः २०७० सालमा पनि उनी विजयी भए। २०६४ सालमा शान्ति मन्त्री भएका उनी २०७३ सालमा उनी उर्जा मन्त्री भए। २०७४ सालमा गृहमन्त्री भएका उनी राजनीति घटना क्रमपछि उनी अहिले विना विभागीय मन्त्री छन्। उनले प्रतिनिधि सभाको निर्वाचनका लागि रुकुम (पश्चिम) वाट मनोनयन दर्ता गराएका छन्।
नामः सरुण बाँठा
दलः नयाँ शक्ति
उम्मेदवारः प्रतिनिधि सभा सदस्य रुकम पश्चिम
शसस्त्र युद्धको बेला जनार्दन शर्माका सँगैका सहपाठी सरुण बाँठा यस पटक नयाँ शक्तिबाट शर्मासँगै चुनावी प्रतिस्पर्धामा छन्। नयाँ शक्ति नेपालबाट प्रतिनिधि सभाका लागी उम्मेदवार रहेका बाँठा २०२४ सालमा रुकुमको दुली गाविसमा जन्मेका हुन्। २०३८ सालमा बिद्यार्थी राजनितिमा लागेका बाँठाले २०४५ सालदेखी पार्टी सदस्यता प्राप्त गरेका थिए। माओबादी जनयुद्धका बेला तत्कालिन जनसरकारको प्रमुख भएर २०५८ देखी शान्ति प्रक्रिया सुरु हुँदा सम्म समानान्तर सत्ता चलाएका थिए। माओबादीबाट अलग्गीएर डा बावुराम भटराईले नयाँ शक्ति पार्टी खोलेपछि बाँठाले पनि माओबादी छोडे। माओबादी पार्टीमा रहँदा पनि इमान्दार र त्यागी नेताको रूपमा चिनिने बाँठाले बिभिन्न समयमा कृषि खेती पनि गर्दै आए। तत्कालिन एकिकृत माओबादी रुकुमको इन्जार्च हुँदा उनले च्याउ खेती गर्दै आएका थिए। नयाँ शक्तिको केन्द्रीय सचिवालय सदस्य रहेका उनी
हाल नयाँ शक्तिबाट आफ्नो पक्षमा मत मागिरहेका छन्।
यसै गरी प्रदेश सभा अन्र्तगत रुकुम पश्चिममा बाम गठबन्धनबाट प्रदेश सभा क मा रातो कामी र नेपाली कांग्रेसबाट कृष्णबहादुर रोकाय तथा नयाँ शक्तिबाट डम्बर बिष्ट चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश सभा ख बाट नेपाली कांग्रेसबाट खड्ग डाँगी र बामगठबन्धनबाट माओबादी केन्द्रका गोपाल शर्मा प्रतिस्पर्धामा रहेका छन्।

नामः डम्मर विष्ट
दलः नयाँ शक्ति
उम्मेदवारः प्रदेश सभा सदस्य (क)
ठेगानाः मुसीकोट नगरपालिका वडा नं. १४, रुकुम (पश्चिम)
लामो समय रेडियो पत्रकारितावाट लोकप्रिय भएका विष्ट पछिल्लो समय राजनीतिमा पर्खर रूपमा उदाँदै गएका छन्। रेडियो कार्यक्रम सञ्चालन गरि वालक देखी बृद्ध सम्मको मन जित्न सफल विष्ट हाल प्रेस सोसाइटी प्रदेश नं. ६ का संयोजक छन् भने पार्टीको केन्दिय परिषद् सदस्य छन्। पैसा खर्च गरेर राजनीति भन्दा इमान्दारिताका साथ जनताको सेवा गरेर राजनीति गर्नु पर्ने मान्यता राख्दछन्।

नामः कृष्णवहादुर रोकाय
दलः नेपाली कांग्रेस
उम्मेदवारः प्रदेश सभा सदस्य (क)
२०४७ सालमा नेपाल विद्यार्थी संघ रुकुमको संस्थापक अध्यक्ष रोका विद्यार्थी राजनीतिवाट पार्टीको मुलधारे राजनीतिमा आएका हुन्। भद्र र शालिन मानिने रोका २०५० साल सम्म अध्यक्ष भएका थिए। २०५३ सालमा नेपाली कांग्रेसको जिल्ला तदर्थ समितिमा रहेका उनी २०५७ सालमा महाधिवेशन प्रतिनिधि भए। हाल सम्म पनि उनी महाधिवेशन प्रतिनिधि छन्। २०७० सालको निर्वाचनमा क्षेत्र नं. १ वाट प्रत्यक्ष तर्फको उम्मेदवार हुन्। राजनीतिलाई व्यवसाय भन्दा पेशा बनाउन चाहने रोका नेपाली कांग्रेस रुकुमका पाखा र पुराना नेता हुन्।

नामः रातो कामी
दलः माओबादी केन्द्र
उम्मेदवारः प्रदेश सभा सदस्य (क)
रातो कामी माओबादी केन्द्र भित्रका दलित नेता हुन्। उनले माओबादी केन्द्रमा त्यागी नेताको रूपमा परिचय बनाएका छन्। २०५४ को स्थानीय चुनावमा एमालेबाट निबार्चन जितेका उनी एमालेबाट राजनिति गरेका हुन्। २०५५ तिर माओबादीमा आवद्ध कामीले पार्टी र स्थानीय स्तरमा जनताको मन जितेका छन्। यस पटक उनले आफ्नो पक्षमा एमालेलाई साथमा लिएर मत
मागिरहेका छन्।

नामः खड्क डाँगी
दलः नेपाली कांग्रेस
उम्मेदवारः प्रदेश सभा सदस्य (ख) रुकुम पश्चिम
ठेगानाः चौरजहारी नगरपालिका वडा नं. १०, रुकुम (पश्चिम)
२०५० सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिवाट राजनीति गरेका खड्का २०५६ साल देखी नेपाली कांग्रेसको पार्टी राजनीतिमा शसक्त भई काम गरेँ। उनी अस्पताल विकास समितिको अध्यक्ष र स्थानीय शान्ति समितिको संयोजक भएका थिए। हाल उनी नेविसंघको निर्वाचित केन्द्रिय सदस्य छन्। विपिको प्रजातन्त्र संकटमा पर्दै गएको देख्ने खड्का कानुन र विधिको शासन, स्वतन्त्रता हुनु पर्ने बताउँछन्। उनी पार्टी भित्रका एक इमान्दार र कर्मठ नेताका रूपमा परिचित छन्।

नामः गोपाल शर्मा
दलः नेकपा माओवादी केन्द्र
उम्मेदवारः प्रदेश सभा सदस्य (ख)
उनी २०४५ साल देखी विद्यार्थी राजनीतिमा संगठित भए। सोही बेला राजा फाल्नु पर्ने र गणतन्त्र ल्याउनु पर्छ भन्ने आवाज उठाउन थाले। तत्कालिन नेकपा माओपाली जनयुद्धमा गएपछि उनी भुमीगत भएर राजनीति गर्न थाले। २०५६ सालमा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष बने। पार्टीको पोलिट ब्युरो सदस्य समेत भएका उनी हाल जिल्ला अध्यक्ष छन्। पार्टी भित्र प्रभावशाली मानिने शर्मा जनतासँग सजिलै घुलमिल हुने सक्ने नेताका रूपमा चिनिन्छ।

प्रतिक्रिया दिनुहोस्