नेपाल समाचारपत्र
काठमाडौं
कोरियाली पर्यटकको आगमनमा वृद्धि तथा लगानी आकर्षण गराउने उद्देश्यले कोरियाको सियोलमा

नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ।

नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्नको लागि नेपाली पर्यटन व्यवसायीहरूको प्रतिनिधिमण्डल कोरियामा रहेको छ। होटल संघ नेपालका महासचिव विनायक शाहले सियोलबाट दिनुभएको जानकारी अनुसार कोरियाली पर्यटन व्यवसायीसँग सकरात्मक छलफल भएको छ। नेपालसँगको पर्यटन व्यापार गर्नका लागि कोरियाली पर्यटन व्यवसायी सकरात्मक रहेको बताउनुभयो।

सन् २०१८ को जुनमा नेपाल वायुसेवा निगमले २ वटा बाइडबडी जहाज नेपाल ल्याएसँगै कोरियाको सियोल पहिलो उडान गर्ने जनाएको छ। हाल हप्ताको ४ फ्लाइट काठमाडौं–सियोल उडान भर्दै आएको छ। निगमले पहिलो उडानको सेवा विस्तार गर्ने भएसँगै पर्यटन व्यवसायमा संलग्न व्यवसायी थप नयाँ पर्यटकलाई नेपाल भ्रमणको सन्देश पुर्याउन सियोल पुगेका हुन्।

नेपालस्थित कोरियाली दूताबास, नेपाली दूताबास कोरिया, नेपाल कोरिया चेम्बर अफ कमर्स, गैरअवासीय नेपाली संघ कोरिया, कोरियन एयरलान्स र नेपाल पर्यटन बोर्डको सहकार्यमा होटल संघ नेपालले शुक्रबार दक्षिण कोरियाको राजधानी सियोलस्थित होटल प्रेसिडेन्टमा पयर्टन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेको महासचिव शाहले बताउनुभयो।

होटल संघ नेपालका महासचिव विनायक शाहले नेपाल कोरियाबीच पर्यटन प्रवद्र्धनको प्रशस्त सम्भावना रहे पनि यसको विकास हुन नसकेकाले हामी निजी क्षेत्रबाट प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिएको बताउँदै हाल वार्षिक २५ हजार कोरियाली पर्यटकले नेपाल भ्रमण गर्ने गरेकामा आगामी वर्ष कम्तिमा यसलाई बढाएर एक लाख पुर्याउने लक्ष्य राखेको बताउनुभयो।

सोही कार्यक्रममा नेपाल कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखःले द्विपक्षीय व्यापारका बारेमा प्रकाश पार्नुभयो। कार्यक्रमा नेपाल पर्यटन बोर्डका प्रबन्ध राजु शाहले नेपालको पर्यटन स्थितिबारे संक्षिप्त जानकारी समेत गराउनु भएको थियो।

यसअघि उक्त प्रतिनिधिमण्डलले कोरियाली व्यापार संगठन (कोटिरा) का पदाधिकारीहरूसँग भेट गरी द्विपक्षीय व्यापारसम्बन्धी छलफल गर्नुका साथै किन्टेक्स प्रर्दशनी कक्षमा आयोजित जी फियर कोरियाको समेत अवलोकन गरेको शाहले बताउनुभयो।

 

LEAVE A REPLY