समृद्ध दोलखाका लागि उम्मेदवारहरूको योजना, यस कारण अगाडि छ वाम गठबन्धन



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखा जिल्लामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३८ जनाले उम्मेदवारी दिएको भए पनि मुख्य प्रतिस्प्रर्धा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारबीच हुने देखिन्छ।
२०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा नेपाली कांग्रेसभन्दा वाम गठबन्धन आधाभन्दा बढी मतले अगाडि देखिन्छ। मत संख्यासँगै नेपाली कांग्रेसको तुलनामा वाम गठबन्धनको उम्मेदवार राजनीतिक रुपमा स्थापित र शक्तिशाली रहेकाले पनि वाम गठबन्धनको जित सहज रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले उम्मेदवारी दिएका छन्। गुरुङ पूर्वसांसदसमेत हुन्। उनी २०७० सालको संविधानसभा निर्वाचनमा १६ हजार मतका साथ दोलखा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। गुरुङ नेकपा एमाले दोलखाको पूर्वअध्यक्षसमेत हुन्। उनले नेकपा एमाले दोलखाको जिल्ला कमिटी सदस्य, जिल्ला विकास समितिको क्षेत्रीय सदस्यलगायतको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। गुरुङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहहादुर खड्का पार्टीको वर्तमान अध्यक्ष हुन्। उनी २०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका थिए।

प्रतिनिधिसभाका यी दुई प्रतिद्वन्द्वीबीच केही अन्तरंग सम्बन्धसमेत रहेको यी दुईलाई नजिकबाट चिन्नेहरू भन्ने गर्छन्। पार्वत गुरुङ एमाले अध्यक्ष उठ्दा रुद्रबहादुर खड्काले सघाएको र खड्का कांग्रेस सभापतिमा उठ्दा गुरुङले सघाएको चर्चा दोलखामा अझै पनि चल्ने गरेको छ। दोलखामा एमाले पहिलो शक्ति रहेको र त्यसमा तेस्रो शक्ति माओवादी केन्द्रसमेत मिलेकाले गुरुङलाई जितका लागि ठूलो समस्या नभएको विश्लेषकहरूको भनाइ छ। उम्मेदवारको सक्रियता र राजनीतिक निरन्तरतालाई हेर्दा पनि गुरुङ नै अगाडि रहेको विश्लेषकहरू बताउँछन्।

प्रदेशसभातर्फ दोलखा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विशाल खड्काले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसका तर्फबाट बर्मा लामाले उम्मेदवारी दिएका छन्। वाम गठबन्धनका उम्मेदवार विशाल खड्का माओवादी केन्द्रका विद्यार्थी नेता, जिल्ला संयोजक, केन्द्रीय विदेश विभाग सदस्य हुँदै अहिले जिल्ला इन्र्चाज छन्। उनी २०७० सालको संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर तेस्रो मतका साथ पराजित भएका थिए। खड्काका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामा स्थानीय तहको निर्वाचनमा दोलखाको मेलुङ गाउँपालिका प्रमुखको उम्मेदवार बनेर नेकपा एमालेसँग पराजित भएका थिए।

उनी कांग्रेसको जिल्ला अध्यक्षमा समेत पराजित भएका थिए। विगतको पत मरिणमलाई हेर्दा माओवादी केन्द्रका उम्मेदवार विशाल खड्कालाई एमालेको आधा मतमात्र आए पनि जित्न सहज हुने देखिन्छ। तर एमालेका नेता कार्यकर्ता यो निर्वाचन वाम गठबन्धनको परीक्षणको निर्वाचन भएकोले एमालेको पक्षमा रहेको कम्तीमा ८० प्रतिशत मत माओवादी केन्द्रको पक्षमा जाने बताउँछन्। कांग्रेस उम्मेदवार बर्मा लामा भने माओवादीको विगतको धुमिल चरित्र र यसअघि पराजित भएका विशाल खड्काको उम्मेदवारीका कारण पनि आफ्नो जित सुनिश्चित रहेको बताइरहेका छन्।

प्रदेशसभातर्फ दोलखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईं उम्मेदवार छन्। उनी दोलखामा सबै पार्टीका लागि प्रिय राजनीतिज्ञ हुन्। २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित चौलागाईं २०७० सालको संविधानसभामा समानुपातिक सांसद थिए। एमाले दोलखा जिल्ला कमिटी सदस्य, सचिव हँुदै एमाले पोलिटब्युरो सदस्य रहेका चौलागाईं युवा संघ नेपालका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन्। उनको राजनीतिक हाइटकै कारण पनि उनलाई निर्वाचन जित्न खासै कठिन देखिँदैन। उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव चौलागाईं जिल्ला तहका नेतामात्र हुन्। उनी नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव र महासमिति सदस्य हुन्। दोलखाको २ नम्बर क्षेत्रमा सधैं एमालेको पकड रहेको क्षेत्र भएको र पशुपति चौलागाईं ३ नम्बर प्रदेशका सम्भावित मुख्यमन्त्रीसमेत रहेकाले उनलाई जित्न सहज रहेको विश्लेषकहरूको भनाइ छ।

केशव चौलागाईं
नेपाली कांग्रेस,
प्रदेशसभा सदस्य
क्षेत्र नम्बर २
विकास भन्ने कुरा भौतिक निर्माण मात्र नभई मानवियतासँग जोडिनुपर्छ। विकास भनेको झुम्राको पुतली हैन, प्राणसहितको हुनुपर्छ। जिल्लाको विकास र समृद्धिका लागि राष्ट्रिय पूँजीवृद्धि गर्ने, विदेशी लगानी भिœयाउने र पर्यटन, जलस्रोत, उद्योग र व्यवसायलाई प्राथामिकतामा राख्ने

पशुपति चौलागाईं
एमाले, प्रदेशसभा सदस्य
क्षेत्र नम्बर २
दोलखालाई समृद्ध बनाउन जलस्रोतको हव बनाउने, तामाकोसी ३, ठोसे खिम्ती ५ सय मेगावाट विद्युत आयोजना सञ्चालन, फिल्मसिटी निर्माण, साइन्स पार्क निर्माण, उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने सडक निर्माण, जडिबुटी खेतीजस्ता कुरालाई प्राथमिकता दिने।

 

 

विशाल खड्का
माओवादी केन्द्र, प्रदेशसभा सदस्य
प्रदेश नम्बर १
दोलखालाई समृद्ध बनाउन जिरीमा हाई अल्टिच्युटको खेलमैदान निर्माण, रोल्वालीङ क्षेत्रलाई माउन्टेन टे«किङ इन्स्टीच्युटका रुपमा विकास गर्ने, उत्तर –दक्षिण सडक निर्माण, मुख्य सडक र शाखा सडकलाई कालोपत्रे गर्ने, जिल्लाका गाउँपालिका र नगरपालिकामा बजारीकरणसँगै नमुना गाउँ निर्माण गर्ने, युवाहरूलाई आकर्षित गर्न हरेक गाउँपालिका र नगरपालिकामा खेलमैदान निर्माण गर्ने।

दुवै उम्मेदवारको लक्ष्य जितपछि दोलखालाई समृद्ध बनाउने रहेको छ। जसका लागि जलस्रोत, पर्यटन, जडिबुटी, सडक निर्माण लगायतलाई प्राथामिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ।

रुद्रबहादुर खड्का
नेपाली कांग्रेस्र, प्रतिनिधि सभा सदस्य
पार्वत गुरुङ
एमाले्र, प्रतिनिधि सभा सदस्य

बर्मा लामा
नेपाली कांग्रेस, प्रदेशसभा सदस्यप्रदेश नम्बर १
दोलखामा विकासको शुरूआत नेपाली कांग्रेसले गरेको हो। माथिल्लो तामोकोसी आयोजना, खिम्ती आयोजना नेपाली कांग्रेसको पहलमा निर्माण भएका हुन्। तामाकोसी ३ लाई प्राथमिकतामा राख्ने । मुडे–मेलुङ सडकको पिच गर्ने।

प्रतिक्रिया दिनुहोस्