इभ्राको किक समर्थकमाथि



लन्डन, (एजेन्सी)
र्सेलीका पेट्रिक इभ्राले युरोपा लिगअन्तर्गत भिटोरिया गुएमाराएसविरुद्धको खेलमा समर्थकलाई किक हानेपछि खेल अगाडि नै रातो कार्ड आत्मसात गर्नुप¥यो।

बिहीबार राति फ्रेन्च क्लबका खेलाडीले आफ्नै टोलीका समर्थकमाथि एक्रोबेटिक किक हानेपछि उनलाई रातो कार्ड दिइएको थियो। ३६ वर्षीय इभ्राले वार्म अपको समयमा सो अव्यावहारिक घटना घटाएका थिए। इभ्रा मार्सेलीको शुरुआती ११ खेलाडीको टोलीमा समावेश थिएनन्। उनलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको थियो। युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले इभ्रामाथि हिंसक व्यवहारको कारबाही गरेको छ। उनलाई कमसेकम एक खेलको लागि निलम्बन गरिएको पनि यूएफाले जनायो। तर यूएफाको अनुशासन समितिले यो मुुद्दाको निर्णय आगामी साता १० नोभेम्बरमा गर्ने पनि जानकारीमा ल्याएको छ।

फ्रान्सको अखबार एलइक्वीपले जनाएअनुसार मार्सेलीका समर्थकले इभ्रालाई करिब आधा घण्टाजति जिस्क्याइरहेका थिए। जबकि खेलाडीहरू खेलका लागि तयारीमा लागेका थिए। मार्सेलीले इभ्रालाई गुमाएको दिन खेल पनि १–० ले हारेको थियो। खेलाडीले समर्थकसँग कुरा गर्न गए पनि स्थिति तनाव भएको थियो।

इभ्राको किकको घटनाले अर्का फ्रेन्च खेलाडी इरिक क्यान्टोनाका अलोकप्रिय कुंग फु किकको स्मरण गराएको थियो। सन् १९९५ मा म्यानचेस्टर युनाइटेडको क्रिस्टल पेलेसविरुद्धको खेलमा उनले किक हानिएको थियो। यसै घटनामा उनलाई फुटबल संघद्वारा ९ महिना प्रतिबन्धित लगाइएको थियो।

मार्सेलीले यस घटनामा अनुसन्धान शुरू गरिसकेको पनि शुक्रबार जनाएको छ। क्लबको वक्तव्यमा उल्लेख गरिएको थियो– ‘के भएको त्यो कुरा होइन, व्यावसायिक खेलाडीले गिज्याई र अपमान भए पनि स्वयम्क नियन्त्रण गर्नुपर्छ।’
मार्सेलीका प्रशिक्षक रुडी गार्सियाले खेलपछि बताए– ‘पेटसँग अनुभव छ र वास्तवमा उनले यस्तो प्रतिक्रिया दिनुहुँदैनथ्यो। उनी अनुभवी खेलाडीभन्दा माथि छन्। वास्तवमा उनीहरू खराब भएझै अपमान पनि खराब नै हो तर पनि तपाईंले प्रतिक्रिया दिनुहुँदैन।’

तर गार्सियाले समर्थकको आलोचना गर्दै भने– ‘उनी मार्सेलीका समर्थक होइनन् किनभने तपाईंले आफ्नै खेलाडीलाई अपमान गर्न सक्नुहुन्न।’
इभ्राले म्यानचेस्टर युनाइटेडमा बिताएको आठ वर्षमा पाँच प्रिमियर लिग र एक च्याम्पियन्स लिग उपाधि जितेका थिए। उनी जनवरीमा युभेन्टसबाट मार्सेलीमा आबद्ध भएका थिए। तर उनले यस सिजनमा दुई खेलमा मात्रै उपस्थित जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्