‘नवराज सिलवाल उम्मेदवारका लागि अयोग्य’



काठमाण्डौ । एमाले उम्मेदवार नवराज सिलवालविरुद्ध उजुरी परेको छ । सिलवाल उम्मेदवार बन्नका लागि योग्य नभएको भन्दै उजुरी परेको हो । वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका सिलवाल विरुद्ध विकाससिंह तामाङले उजुरी हालेका हुन् । सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै तामाङले शुक्रबार उजुरी दर्ता गराएको जानकारी जिल्ला निर्वाचन अधिकृत क्षेत्र नम्बर १ ले दिएको छ ।
तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्