सरिफविरुद्धका मुद्दा मुल्तबीमा



इस्लामवाद, (एजेन्सी)
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्धको भ्रष्टाचारको अभियोगका दुईवटा मुद्दाको सुनुवाइ आगामी सात नोभेम्बरसम्मका लागि मुल्तवीमा राखेको शुक्रबार जनाएको छ।

सरिफ र उनको परिवारका केही सदस्यले बेलायतको राजधानी लन्डनस्थित तिनीहरूको सम्पत्तिको स्वामित्वलाई लिएर मुद्दा खेपिरहेका छन्। तर तिनीहरूले आफूविरुद्धको अभियोग अस्वीकार गर्दै आफूहरूमाथि राजनीतिक पूर्वाग्रह राखिएको बताएका छन्।

६७ वर्षीय सरिफले गत जुलाईमा सर्वोच्च अदालतले उनको अघोषित सम्पत्तिलाई लिएर उनी सत्तामा बसिरहन अयोग्य रहेको ठहर गरेपछि राजीनामा दिएका थिए। उक्त अदालतले राष्ट्रिय जिम्मेवार ब्युरोलाई सरिफ परिवारको विशाल सम्पत्तिका बारे अनुसन्धान गर्दै मुद्दा चलाउन पनि आदेश दिएको छ।

हप्तौं लामो हल्लापछि सरिफ बिहीबार लन्डनबाट पाकिस्तान फर्केका छन्। आफ्नी पत्नीको क्यान्सरको उपचार चलिरहेका कारण सरिफ पाकिस्तानमा बस्दै आएका हुन्। शुक्रबार बिहान पूर्वप्रधानमन्त्री सरिफ आफ्नी छोरी मरयाम र ज्वाइँसँगै इस्लामावादको जवाफदेही अदालतमा उपस्थित भएका थिए।

इस्लामावादको उच्च अदालतबाट बिहीबार नै यस अदालतले एउटा आदेश प्राप्त गरिसकेकाले केही छिनपछि नै सरिफको मुद्दा मुल्तबीमा रखिएको थियो। गत जुलाईमा राजीनामा दिँदाखेरी सरिफ तेस्रो कार्यकालमा रहेका थिए। त्यसअघि उनी सन् १९९० को नोभेम्बरदेखि जुलाई १९९३ र सन् १९९७ को फेब्रुअरीदेखि १९९९ को अक्टोबरसम्म प्रधानमन्त्री रहेका थिए।

प्रतिक्रिया दिनुहोस्