लादेनको आँखा काश्मिरमाथि



वासिङ्टन, (एजेन्सी)
कट्टरपन्थी संगठन अल कायदाका प्रमुख रहेका ओसामा बिन लादेनले आफ्नो प्रभावका लागि काश्मिरमा पनि आँखा गाडेको खुलासा भएको छ।

उनले मुम्बई हमलाका आरोपी डेविड कोलमेन हेडलीको न्यायिक जाँचमा पनि नजिकबाट ध्यान दिइरहेका थिए। सन् २०११ मे १ राति अमेरिकी सैनिकले ओसामालाई पाकिस्तानको एबत्तावाद शहरमा मारेका थिए।

अमेरिकी गुप्तचर एजेन्सी सीआईएले उक्त कारबाहीसँग सम्बन्धित ४ लाख ७० हजार फाइल जारी गरेको छ। ती फाइलहरू सोही सैनिक कारबाहीका क्रममा कब्जामा लिइएका थिए।

प्रतिक्रिया दिनुहोस्