देउवा र कटुवालमाथि ज्यानमारा मुद्दा



काठमाडौं । कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका जोगीमाराका चेपाङ मजदुरहरुका आफन्तजनहरुले तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा, तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवाल, तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध धादिङको शान्ति समितिमा  उजूरी दर्ता गराएका छन् ।

माओवादी लुकेको आशंकामा सेनाको कारबाहीमा २०५८ फागुन ११ गते ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका मजदुर थिए ।

‘घटनाबिरुद्ध हामीले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते उजूरी दर्ता गराए पनि हालसम्म फैसला भएको छैन । उजूरी दिने १४ परिवारहरुमा कुम्ले, सानुकान्छा, तिलु, डिला चेपाङ लगायत १४ घर चेपाङका विष्णु , वुद्धिवीर, गोविन्दलगायतले उजुरी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्