शिविरमा इनार



 

सिड्नी, (एजेन्सी)
शरणार्थी बन्ने प्रयासमा रहेका व्यक्तिहरूले पपुवा न्यु गिनीस्थित अस्ट्रेलियाली हिरासत शिविर छोड्न बिहीबार अस्वीकार गरेका छन्। तिनीहरूले दुई दिनअघि नै आधिकारिक रुपमा बन्द गरिएको सो शिविरमा आफूहरूले पानीका लागि इनार खन्दै गरेको बताएका छन्। मानस टापुमा रहेको सो शिविरका करिब ६ सय पुरुषले बाहिर आक्रमण हुनसक्ने डर देखाउँदै त्यहाँबाट जान अस्वीकार गरेका छन्। यसैबीच न्युजिल्यान्ड अस्ट्रेलियाको यस शिविरका १ सय ५० जनालाई आफूले शरण दिने कुरा पुनः दोहर्याएको छ। क्यानवेराले भने न्युजिल्यान्डको प्रस्ताव अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्