एनआईसी एसियाको नयाँ शाखा पथरीमा



 

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले आफ्नो नयाँ शाखा मोरङको पथरी शनिश्चरे नगरपालिका १ जनआन्दोलन चोकमा स्थापना गरेको छ। शाखाको बुधबार एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलीपकुमार राईले उद्घाटन गर्नुभयो।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना रहेको जनाएको छ। पथरी शाखाको उद्घाटनसँगै एनआईसी एसियाले देशभर १ सय ३३ शाखा कार्यालयहरू र १ सय ४१ एटीएम काउन्टरबाट ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्