किमलाई सिको जवाफ



 

बेइजिङ, (एजेन्सी)
चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनको कम्युनिस्ट पार्टी कंग्रेसमा उत्तर कोरियाली नेता किम जोङ उनले पठाएको बधाई सन्देशको जवाफमा आफू दुई देशबीचको सम्बन्ध विकास हुनेमा आशावादी रहेको बताएको कोरियाली सरकारी समाचार एजेन्सीले बिहीबार जनाएको छ। ती दुई नेताबीचको यो एक वर्षभन्दा लामो समयपछिको सम्पर्क हो। किमलाई पठाएको जवाफमा सिले ‘कमरेड चेयरम्यान’को सम्बोधन गरेको र आफू दुई देश र पार्टीबीच दिगो असल र स्थायी विकासको सम्बन्धका लागि इच्छुक रहेको उल्लेख गरेका छन्। किमले पठाएको बधाई सन्देशमा दुई देशका जनताको हितका सम्बन्ध विकास हुनु पर्ने बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्