कांग्रेसका शीर्ष नेता को कहाँ?



 

रामकृष्ण चापागाईं, काठमाडौं
दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएको छ। कार्य व्यस्तताका कारण वारेसनामा मार्फत उम्मेदवारी दर्ता गर्नुभएका प्रधानमन्त्री देउवाको चौथो नम्बरमा उम्मेदवारी दर्ता भएको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। उहाँका विरुद्ध कांग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दिनुभएको छ। जोशीले उम्मेदवारी दिएसँगै वरिष्ठ नेता पौडेलाई चुनाव जित्न अप्ठइरो परेको भन्दै कांग्रेसका शीर्ष नेताले उहाँलाई उम्मेदवारी फिर्ता गर्न दबाब दिइरहेका छन्।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। प्रधानमन्त्री पत्नी आरजु राणाले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने कांग्रेसको कार्यवाहक सभापतिको कार्यभार सम्हालिसक्नुभएका नेता विमलेन्द्र निधिले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ।

कांग्रेसका शीर्ष नेताहरूमध्ये डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मा उम्मेदवारी दर्ता गराउनुभएको छ। कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने गोपालमान सिंहले स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउनुभएको छ। कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।

काठमाडौं क्षेत्र नम्बर ५ मा डा. प्रकाशशरण महत चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ भने काठमाडौं क्षेत्र नम्बर ८ मा नवीन्द्रराज जोशीले उम्मेदवारी दर्ता गराउनुभएको छ। यो क्षेत्रमा विगतदेखि नै जोशी विजयी हँुदै आउनुभएको छ।

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका पूर्व अर्थमन्त्री महेश आचार्यले मोरङ क्षेत्र नम्बर ४ मा बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। मोरङ क्षेत्र नम्बर २ मा भने डा. मीनेन्द्र रिजाल चुनावी मैदानमा उत्रनुभएको छ। हालै मात्र कांग्रेसमा प्रवेश गर्नुभएका नेता विजय गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ। कांग्रेस नेता एवं पूर्वसभामुख दमननाथ ढुंगानाले भक्तपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिनुभएको छ।

कांग्रेस नेता पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनुभएको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले सुनसरी क्षेत्र नम्बर १ र ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।

यस्तै कांग्रेस नेताहरू यज्ञबहादुर थापाले कास्की १, नारायण खड्का उदयपुर १ र विश्वप्रकाश शर्माले झापा १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। कांग्रेसका चर्चित नेताहरू रमेश लेखकले कञ्चनपुर ३ र फरमुल्लाह मन्सुरले बारा ३ मा उम्मेदवारी दिनुभएको छ। यस्तै रामजनम चौधरीले कैलाली ३ र चन्द्र भण्डारीले गुल्मी १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ।

कांग्रेसका चर्चित अनुहारहरू सुजाता कोइराला, कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, बालकृष्ण खाँड, पूर्वप्रवक्ता दिलेन्द्रप्रसाद बडु र विनोद चौधरीलगायतका नेताहरू समानुपातिकतर्फका उम्मेदवार भएका छन्।

 

एमालेका शीर्ष नेताहरू
१. केपी शर्मा ओली (झापा ५), २. माधव नेपाल (काठमाडौं २), ३. झलनाथ खनाल (इलाम १),
४. सुवासचन्द्र नेम्वाङ (इलाम २),
५. ईश्वर पोखरेल (काठमाडौं ५), ६. विष्णु पौडेल (रूपन्देही २),
७. घनश्याम भुसाल (रूपन्देही ३),
८. वामदेव गौतम (बर्दिया १),
९. प्रदीप ज्ञवाली (गुल्मी १), १०. भीम रावल (अछाम १), ११. सुरेन्द्र पाण्डे (चितवन १),
१२. खगराज अधिकारी (कास्की १), १३. रवीन्द्र अधिकारी (कास्की २) रहेका छन्।

१४. गोकर्ण विष्ट (गुल्मी २), १५. योगेश भट्टराई (ताप्लेजुङ), १६. भानुभक्त ढकाल (मोरङ ३), १७. लालबाबु पण्डित (मोरङ ६), १८. महेश वस्नेत (भक्तपुर २), १९. रघुवीर महासेठ (धनुषा ४), २०. वंशीधर मिश्र (रौतहट ४), २१. कृष्णगोपाल श्रेष्ठ (काठमाडौं ९), २२. राजन भट्टराई (काठमाडौं ४), २३. सोमप्रसाद पाण्डे (पाल्पा २), २४. ह्दयेश त्रिपाठी (नवलपरासी १), २५. बृजेशकुमार गुप्ता (कपिलवस्तु), २६. राधा ज्ञवाली (समानुपातिक), २७. शान्ता चौधरी (समानुपातिक), २८. मोतिलाल दुगड (समानुपातिक), २९. रामप्रित पासवान (समानुपातिक), ३०. पृथ्वीसुब्बा गुरुङ (लमजुङ प्रदेशसभा) रहेका छन्।

 

राजपा–संघीय फोरमका शीर्ष नेताहरू
१. महन्थ ठाकुर (महोत्तरी ३), २. उपेन्द्र यादव (सप्तरी २), ३. राजेन्द्र महतो (धनुषा ३), ४. अशोक राई (सुनसरी १), ५. शरतसिंह भण्डारी (महोत्तरी २), ६. महेन्द्र राय यादव (सर्लाही २), ७. अनिलकुमार झा (रौतहट १), ८. राजकिशोर यादव (सिरहा ४), ९. रामसहाय यादव (बारा २), १०. राकेश मिश्र (सर्लाही ४) रहेका छन्।

एमाओवादीका शीर्ष नेताहरू
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ (चितवन ३), २. नारायणकाजी श्रेष्ठ (गोरखा २), ३. टोपबहादुर रायमाझी (अर्घाखाँची) रहेका छन्।

४. कृष्णबहादुर महरा (दाङ २), ५. रामबहादुर थापा बादल (राष्ट्रियसभा), ६. वर्षमान पुन अनन्त (रोल्पा), ७. गिरिराजमणि पोखरेल (महोत्तरी १), ८. पम्फा भुसाल (ललितपुर ३), ९. अग्नि सापकोटा (सिन्धुपाल्चोक १), १०. जनार्दन शर्मा (पश्चिम रुकुम), ११. मातृका यादव (धनुषा १), १२. रामचन्द्र झा (धनुषा २), १३. देवेन्द्र पौडेल (बाग्लुङ २), १४. हितमान शाक्य (काठमाडौं १०), १५. झक्कु सुवेदी (काठमाडौं ६), १६. प्रभु साह (रौतहट ३), १७. हरिबोल गजुरेल (सिन्धुली २), १८. शक्ति बस्नेत (जाजरकोट), १९. खगराज भट्ट (डडेल्धुरा), २०. विना मगर (कञ्चनपुर १), २१. लेखराज भट्ट (कैलाली ४) रहेका छन्।

 

राप्रपाका शीर्ष
नेताहरू
१. कमल थापा (मकवानपुर १), २. विक्रम पाण्डे (चितवन ३), ३. राजेन्द्र लिङ्देन (झापा ३), ४. पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक २) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्