मनोनयनकै दिन राप्रपा प्रजातान्त्रिकले कांग्रसलाई लात हान्यो



काभ्रे, काभ्रेपलाञ्चोकमा मनोनयनकै दिन बिहीबार लोकतान्त्रिक गठबन्धन भंग भएको छ । उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्ने भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा रेशम लामा र प्रदेशसभातर्फ राजेन्द्र केसी र चन्द्र जिम्वाको उम्मेदवारी निश्चित भएको उल्लेख गर्दै अन्य उम्मेदवारका विषयमा निर्णय गर्न बाँकी रहेको बताउनुभयो ।

राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभामा दिलबहादुर योञ्जन, रोहित बादे र प्रदेशसभामा रामकृष्ण सापकोटा, कृष्णगोपाल पाण्डेको नाम सिफारिस भएको छ । केन्द्रले पनि मिलाउन चाहेन र काँग्रेसले पनि मिलाउन सकेन त्यसैले गठबन्धनबाट अलग भएको उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्