काठमाडौँ १ बाट रवीन्द्र मिश्राको उम्मेदवारी दर्ता, २ बाट सूर्यराज आचार्यको उम्मेदवारी



नेपाल समाचारपत्र, काठमाडौँ ।

दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मनोनयन सुरु भएको छ। ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभाका लागि अहिले मनोनयन दर्ता जारी छ ।

मनोनयन दर्ता भैरहँदा विवेकशीला साझा लगायतका साना दलका प्रतिनिधिहरु दर्ता स्थलमा आइसकेका छन्। अन्य ठूला दलका नेता तथा कार्यकर्ता भने मनोनयनस्थल आइपुगेका छैनन्। विवेकशीला साझाका तर्फबाट रवीन्द्र मिश्रले काठमाडौँ १ मा प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गराइसकेका छन्।

यस्तै, काठमाडौँ २ बाट सूर्यराज आचार्यले उम्मेदवारी दिएका छन्। २ को प्रदेशसभातर्फ ‘क’मा ऋषिका भट्टराई र ‘ख’मा केशव पौडेलले मनोनयन दर्ता गराएका छन्।

 

प्रतिक्रिया दिनुहोस्