रियल म्याड्रिडलाई पराजित गर्दै टोटनह्याम नकआउट चरणमा



काठमाडौ ।

साविकको विजेता रियल मड्रिड पछाडी पार्दै टोटनह्याम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा टोटनह्यामले रियल मड्रिडमाथि ३–१ गोल अन्तरको जित निकालेको छ ।

वेल्बलीमा भएको खेलमा टोटनह्यामले २७ औं मिनेटमा डेल अलीको गोलबाट अग्रता लिएको थियो । रियलले पहिलो हाफमा गोल फर्काउन सकेन ।

५६ औं मिनेटमा अलीले नै टोटनह्यामको अग्रता दोब्बर पारे । ९ मिनेटपछि एरिक्सनले गोल गर्दै ३–० को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै टोटनह्यामको ४ खेलबाट १० अंक भएको छ । रियलको ७ अंक छ । बोरुसिया डर्टमुन्ड र निकोसिआको समान २–२ अंक छ ।

प्रतिक्रिया दिनुहोस्