देउवाको परामर्शमा गरीएकाे पेट्रोलियम पदार्थ मूल्यवृद्धि देउवाकै निर्देशनमा फिर्ता



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परामर्शमा मूल्यवृद्धि गरेको निगमले देउवाकै निर्देशनमा फिर्ता लिएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा हुने जानकारी दिए । निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्