प्यार्रीद्वारा राजीनामा घोषणा



 

सिड्नी, (एजेन्सी)
आफूसँग संयुक्त अधिराज्यको समेत गरी दोहोरो नागरिकता रहेको स्वीकार गर्दै अस्ट्रेलियाली सिनेट अध्यक्ष स्टेफन प्यार्रीले बुधबार पदबाट राजीनामा दिने बताएका छन्। एक विज्ञप्तिमार्फत उनले अस्ट्रेलियाको उच्च अदालतले निर्वाचन र दोहोरो नागरिकताविरुद्ध स्पष्ट आदेश दिइसकेको हुनाले आफूले यो निर्णय गरेको बताएका छन्। शुक्रबार अस्ट्रेलियाली उपप्रधानमन्त्री बार्नावी जायसलगायत ५ जना राजनीतिज्ञको निर्वाचन प्रक्रिया अमान्य भएको अदालतले जनाएको थियो। प्यार्रीले पहिलो पटक मंगलबार उनको नागरिकतबारे प्रसंग उठाएका थिए। अब उनको स्थानमा अर्को व्यक्ति निर्वाचित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्