पुटिनको हत्या षड्यन्त्रमा संलग्न व्यक्ति एम्बुसमा



मस्को, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या षड्यन्त्रको अभियोग लगाइएका एक जना चेचेन पुरुष चढेको कार युक्रेनको राजधानी किभनजिक एम्बुसमा पर्दा गम्भीर घाइते हुनाका साथ उनकी पत्नीको ज्यान गएको छ। उक्त एम्बुसमा एडम ओस्मायभको एउटा खुट्टामा र उनकी पत्नी आमिना ओकुयभाको टाउकोमा गाली लागेको बताइएको छ।

विकट क्षेत्र लेभाहा गाउँमा भएको उक्त आक्रमणमा तिनीहरू चढेको कार गोली लागेर छियाछिया भएको स्थानीय अधिकारीहरुले बताएका छन्। युक्रेनी अधिकारीहरुले यस घटनामा रुसी सरकारको हात हुनुपर्ने आशंका गरेका छन्।

रुस समर्थित लडाकूहरुविरुद्ध लडेको कारण युक्रेनमा ओकुयभालाई वीर योद्धाको रुपमा सम्मान दिइने गरिएको थियो। अस्पतालमा युक्रेनी टेलिभिजनसँग कुरा गर्दै ओस्मायभले भनेका छन्– ‘मेरी पत्नीको टाउकोमै गोली ठोकिएको थियो। मैले सकेसम्म छिटो कार चलाउन खोजेथें। तर कार रोकियो, सायद इन्जिनमा पनि गोली लागेको हुनुपर्छ। मैले उनलाई प्राथमिक उपचार गर्ने प्रयास गरेको थिएँ। तर टाउको मा नै गोली लागेकाले केही सिप लागेन।’

यसै वर्ष मात्र यस दम्पतीको हत्या गर्न यो दोसो प्रयास गरिएको हो। गत जुनमा आफूलाई फ्रेन्च पत्रकार बताउने एक व्यक्तिले किभमा ओस्मायभमाथि अचानक गोली चलाएका थिए।

तर उनकी पत्नीले जवाफी फायर गर्दा ती व्यक्ति घाइते हुन पुगेका थिए। पछि अनुसन्धानबाट तिनी चेचेन अपराधि भएको पुष्टि भएको थियो। सन् २०१२ मा रुसी अधिकारीहरुले ओस्मायभ पुटिको हत्या षड्यन्त्रमा संलग्न इस्लामिकहरुसँग मिलेको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्