नेपालमा १० प्रतिशतको हाराहारीमा बहिरोपनको समस्या



 

पुष्कर बुढाथोकी, भक्तपुर
विश्वको कुल जनसंख्याको छ प्रतिशत अर्थात ३६ करोड मानिसमा कान सम्बन्धी कुनै न कुनै समस्या छ। विकसित मुलुकमा यस्तो समस्या कम भए पनि विकाससल मुलुकमा कानको समस्या बढी देखिएको छ।

इएर केयर नेपालका अध्यक्ष एवं नाक कान घांटी(इएनटी) विशेषज्ञ डा मिलन महर्जनका अनुसार,दक्षिण एसियामा सबै भन्दा बढी कानको समस्या हुने मुलुक नेपाल हो। मर्हजनका अनुसार, भारतमा ६ प्रतिशतमा कानको समस्या छ भने नेपालमा करिव १०प्रतिशतको हाराहारीमा समस्या देखिएको छ। डा मर्हजनका अनुसार, यहाँ देखिएका७.४ प्रतिशत रोकथाम गर्न सकिने अर्थात पछि देखिएका समस्या छन्। तर, कतिपय ठुला शहर र अञ्चल सम्म पनि इएनटी विशेषज्ञ नहुंदा सर्वसाधारण उपचारकोपहुंच बाट बाहिर छन्।

नेपालका पछिल्लो तथ्यांक अनुसार,कुल जनसंख्या ३ करोड ७० लाखमान्दा १०प्रतिशतमा कानको समस्या देखिए ३० लाख भन्दा बढीमा कानको समस्या छ। तर, त्यसको उपचार गर्ने इएनटी विशेषज्ञ हालसम्म नेपालमा एक सय ३८ जना मात्र छन्। माथिको तथ्यांकले एक इएनटी डाक्टरले दुई लाख ६० हजार बढी सर्वसाधारणलाई हेर्नुपर्ने अवस्था छ।

कारण,राजधानी र शहरी क्षेत्रमा विशेषज्ञ उपलव्ध भएपनि ग्रामिण क्षेत्रवासी उपचारबाट बन्चित भएको प्रष्टबुझ्न सकिन्छ।अन्य रोगजस्तो बहिरोपन हेरेर छुट्याउँन सकिदैन। समयमै उपचार गर्दा रोग निको हुनेभएपनि गरीवी र चेतनाका अभावका कारण उपचार नगराउँदा नेपालमा बहिरोपनको समस्या बर्सेनी थपिदो छ। बिकराल समस्या बन्दै गएको तथ्यांक सार्वजनिक भएसंगै बिभिन्न पाँचवटा संस्थाले बिभिन्न क्षेत्रलाई आधार मानेर बहिरोपन निवारणका काम गर्दै आएका छन्। त्यसै मध्येको एउटा संस्थाहो, इएर केयर नेपाल।
कानको सामान्य अप्रेशन गर्न स्थानीय अस्पतालमा २५ देखि ५० हजार रुपियाँ सम्म लाग्ने बताउँदै संस्थाका उपाध्यक्ष एवं बरिष्ठ पत्रकार पुरु रिसाल संस्थाले रजिष्ट्रेशन चार्ज दुई हजार ५ सय रुपियाँमात्र लिएर अप्रेशन गरिदिएका ेबताउनु हुन्छ। भक्तपुरका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि इएर केयर नेपाल बरदान नै सावित भएको बताउँदै जिल्ला शिक्षा अधिकारीअर्जुनबहादुर रायामाझी भन्नुहुन्छ– ‘‘विद्यालयमा काम गर्ने भनेर हरेक खाल्का संस्था आउने गरेपनि इएर केयर नेपाल जस्तो कामगर्ने संस्था आफ्नो २५ वर्षे जागिर अवधिमा देखेको थिइन्।”

जिल्लाका विद्यार्थीको कानको समस्या समाधा नभएपछि रायामाझीले संस्थालाई साउण्डपोलुसन हुने स्थानमा काम गर्ने ट्राफिक प्रहरी, इट्टा भट्टामा कार्यरत मजदुर लगायतका क्षेत्रमा समेत कार्यक्रम बिस्तार गर्न सुझाउनु भएको छ। विद्यालयमा कार्यक्रम गर्ने क्रममा इएर केयर नेपालले भक्तपुरमा १०.२६ प्रतिशमा कानको समस्या भेट्टाएको छ भने ललितपुरमा ८.४प्रतिशतमा त्यस्तो समस्या देखिएको जनाएको छ।

भक्तपुरका इट्टा भट्टामा बिभिन्न दुर्गम जिल्ला बाट कामका लागि आएका मजदुरका छोराछोरी पढ्ने भएकाले ललितपुरको तुलनामा भक्तपुरमा कानको समस्या बढी देखिएको इएर केयर नेपालकी अध्यक्षडा. मर्हजनको भनाई छ। डा मर्हजनका अनुसार, नेपालका दुर्गम क्षेत्रका १४ प्रतिशतसम्म कानको समस्या देखिएको छ। सोहि तथ्यांकका आधारमा गुम्बामा समेत कार्यक्रम बिस्तार गरिएको डा. मर्हजनले बताउनु भयो।
इएनटी विशेषज्ञका रुपमा काम थाल्ने बित्तिकै डा महर्जनले बहिरोपनका क्षेत्रमा विकराल समस्या देखेपछि आधा दर्जन चिकित्सक लाई समेटेर इएर केयर नेपाल भन्ने संस्था स्थापना गरेकी हुन्।

चार वर्षअघि स्थापना भएको संस्थाले आफ्नै स्रोत परिचालन गरेर उपत्यका भित्र कै ललितपुरबाट बहिरोपन निवारणका क्षेत्रमा काम शुरु गर्यो। ललितपुरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बहिरोपन परिक्षण र उपचारदेखि ठुला अस्पतालमा लगेर नगन्य शुल्कमा शल्यक्रीया (अप्रेशन) गर्ने सम्मका कार्य गर्न थाल्यो। सो तथ्य सार्वजनिक भएपछि अमेरिकाको एक संस्थाले इएर केयर नेपाललाई एक वर्षको कार्यक्रम दिएर सहयोग गरेको छ।

सो सहयोगबाट भक्तपुरमा कार्यक्रम बिस्तार गरेको इएर केयरले पछिल्लो एक वर्षमा भक्तपुरका एकसय २८ सार्वजनिक विद्यालयका १६ हजार ७ सय १७ विद्यार्थीको कान परिक्षण गरेको छ।

कान परीक्षणका क्रममा १०.२६ प्रतिशत अर्थात एक हजार ७ सय १६ जनाको कानमा समस्या फेला पारेको छ। कानको समस्या भएका मध्ये दुई सय ८९ विद्यार्थीको कानको अप्रेशन गर्नु पर्नेमा एक सय ५८ को नगन्य शुल्क लिएर राजधानीको निदान अस्पतालमा अप्रेसन गरिएको छ। एक वर्षे कार्यक्रम सकिएपनि संस्थाले अप्रेशन गर्नुपर्ने बालबालिकालाई आफ्नै स्रोतबाट अप्रेशनको व्यवस्था मिलाउँने भएको छ।

प्रतिक्रिया दिनुहोस्