एएफसी यु–१९ च्याम्पियनसिप फुटबल छनोटमा नेपालले आज बहराइनको सामना गर्दै



काठमाडौं । एएफसी १९ वर्ष मुनी उमेर समुह (यु–१९) च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत नेपालले बलियो प्रतिद्धन्दी बहराइनको सामना गर्दैछ । पहिलो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको नेपालले बिहीबार बलियो प्रतिद्धन्दी बहराइनको सामना गर्न लागेको हो ।

नेपाली समयअनुसार खेल बिस्केटस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा अपरान्न ४ः४५ बजे सुरु हुनेछ । समूह ‘ए’को पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो । नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै कीर्गिस्तानले २ गोल गरेको थियो । बिहीबारको खेलमा कमजोरीलाई सुधार्दै जित हात पार्ने पक्षमा नेपाली टोली रहेको कप्तान अर्पण कार्कीले बताएका छन् ।

सन् २०१८ मा इन्डोनेसियामा हुने अन्डर नाइन्टिन च्याम्पियनसिपको छनोटको रुपमा रहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र किर्गिस्तानसँगै बहराइन, युएई र ओमान रहेका छन् । समूहको शीर्ष स्थानमा रहने टीम अर्को चरणका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्