अमेरिकाको म्यानह्याटनमा ट्रक आक्रमण, ८ जनाको मृत्यु, ११ जना गम्भीर घाइते



काठमाडौँ । अमेरिकाको न्युयोर्क्स्थित म्यानह्याटनमा मानिसहरु हिँडिरहेको भीडमा ट्रकले ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ११ जना गम्भीर घाइते भएका छन । स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँडडुल गर्ने तथा साइकल चलाउने बाटोमा जथाभावी ट्रक चलाएर आक्रमण गरिएको हो । आक्रमणकारीसँग २ वटा सानो बन्दुक पनि भेटिएको प्रहरीले जनाएको छ । मध्यपूर्वका २९ वर्षिय युवकले ट्रक चलाएको सुरक्षा अधिकारीले प्रष्ट पारेका छन् । न्युयोर्कको यो आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिदै न्युयोर्कका मेयर बिल ब्लासियोले सर्वसाधारणमाथि गरिएको यो आतंककारी आक्रमण निन्दनीय भएको प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्