‘आचारसंहिता पत्रकारिता क्षेत्रको गहना’



k|]; sfplG;n g]kfnsf] cfof]hgf tyf g]kfn kqsf/ dxf;+3 lhNnf zfvf eQmk’/sf] ;+of]hgdf ;f]daf/ dWok’/ lylddf cfof]lht kqsf/ cfrf/;+;lxtf hfu/0f cleofg ljifos ldl8of ;Djfb sfo{qmddf ;xefuLx? . tl:a/ M /Tg >]i7, /f;; .

 

नेपाल समाचारपत्र
भक्तपुर
पत्रकार आचारसंहिता जागरण अभियान विषयक मिडिया संवाद कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा मध्यपुरथिमीको चाणक्य कलेजमा भएको कार्यक्रममा बोल्दै भक्तपुरका जिल्ला न्यायाधीश भोजराज शर्माले पत्रकार आचारसंहिताले पत्रकार र आमसञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रताको सदुपयोग गर्न जिम्मेवार र उत्तरदायी बनाउने बताउनुभयो।उहाँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला आमसञ्चार माध्यमले निर्वाचनसम्बन्धी शिक्षामूलक समाचार र सूचनालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रूपमा सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पेसागत आचरण एवं मान्यताविपरीत हुने कामकारबाही गर्न नहुने उल्लेख गर्नुभयो।कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सस्य गोविन्द चौलागाईंले नेपाली पत्रकारितालाई प्रेस स्वतन्त्रताको सदुपयोग गरी जनविश्वास आर्जन गर्न, जिम्मेवार र उत्तरदायी बनाउन पत्रकार आचारसंहिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रेस काउन्सिलका अर्का सदस्य चेतनाथ धमलाले पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ भई सत्य तथ्य समाचार र सन्तुलित विचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्दै विभिन्न जातजाति सम्प्रदाय, लिंग, धर्म, भाषाभाषी र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल नपर्ने गरी पत्रकारिता गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगरले आचारसंहिता पत्रकारिता क्षेत्रको गहना भएको बताउँदै पत्रकारले नागरिकको आधारभूत अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका लागि सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा महनगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले कतिपय अनलाइन मिडियाले अविश्वसनीय समाचार प्रकाशित गर्ने गरेको गुनासो गर्नुभयो।
पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको सभापतित्त्वमा भएको कार्यक्रममा प्रेस काउन्सिलका निमित्त प्रशासकीय प्रमुख दिपक खनालले देशभरमा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थाको चित्रण गर्नुभएको थियो।कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ भक्तपुरका केन्द्रीय पार्षद सोमशर्मा बजगाईंले भक्तपुरको पत्रकारिता र जिल्लामा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थाबारे चर्चा गर्नुभएको थियो।
अन्तरक्रियात्मक रूपमा भएको कार्यक्रमका अधिकांश वक्ताले भक्तपुर पत्रकार आचारसंहिता पालनाका आँखामा औसतमा राम्रै भएको उल्लेख गर्दै जिल्लाको पत्रकारिता क्षेत्रको विकास तथा यहाँका पत्रकार र सञ्चार माध्यमको सबलीकरणका लागि सरकार, निजी क्षेत्र, व्यवसायी, सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिससका स्थानीय विकास अधिकारी ध्रुव कोइराला, जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझी, महिला तथा बालबालिका कार्यालय प्रमुख नीला घिमिरे, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख शिवेन्द्र झालगायत जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा जिल्लामा क्रियाशील अधिकांश पत्रकारको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्