कान्छीको सुटिङ पूरा माघमा रिलिज



 

नायिका तथा निर्मात्री श्वेता खड्काद्वारा निर्माणाधीन फिल्म कान्छीको सम्पूर्ण छायांकन कार्य पूरा भएको छ। राजधानीवरपरसहित मुस्ताङ, अप्पर मुस्ताङ र जोमसोममा ५० दिनमा फिल्मको छायांकन सकिएको फिल्मका निर्देशक आकाश अधिरकारीले जानकारी गराए।

फिल्ममा श्वेता खड्का र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् भने नायिका अनु शाह, कलाकार प्रज्ज्वल सुजल गिरी र तेस्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठले पनि अभिनय गरेका छन्। ‘दादाको सम्बोधनमार्फत आदर गर्ने मेरा स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठज्यूप्रति हार्दिक श्रद्धाञ्जलीस्वरूप आगामी माघ २६ गते कान्छीलाई दर्शकसामु ल्याउँदै छु, नायिका तथा निर्मात्री खड्काले फेसबुकमार्फत जानकारी गराएकी छिन्– ‘एउटा कलाकारको पत्नीका नाताले मैले उहाँलाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु। मैले आफ्नो गक्ष र दक्षले भ्याएसम्मको मेहनत गरेकी छु। मेरो यो मेहनतमा मेरा सहकर्मी मित्रहरुलगायत कान्छी निर्माणका सम्पूर्ण युनिटको पसिना मिसिएको छ। मेरा त्रुटीहरुलाई औंल्याएर आगामी दिनमा झन् परिस्कृत हुने मौकाबाट मलाई वञ्चित नगराउनुहोला।’

शम्भुजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ। श्वेता कोहिनुरपछि कान्छीमार्फत फिल्म निर्माण तथा अभिनयमा फर्किएकी हुन्। फिल्मले ग्रामीण भेगकी कान्छी पात्रको कथा बोल्ने नायिका श्वेता खड्काले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्