बाल कलाकारसँग यौन शोषण आरोपमा स्पेसीले माफी मागे



 

लस एन्जलस, (एजेन्सी)
एक बाल कलाकारलाई यौन शोषण गरेको आरोप लागेका अमेरिकी अभिनेता केभिन स्पेसीले त्यसका लागि माफी मागेका छन्। स्पेसीलाई अभिनेता एन्थोनी रैपले उक्त आरोप लगाएको हो।

रेपले आफू त्यतिबेला १४ वर्षको भएको र स्पेसीले उनलाई आफ्नो अपार्टमेन्टमा पार्टीमा बोलाएको थियो। त्यतिबेलै आफूमाथि उक्त यौन शोषण भएको उनले बताएका थिए। ५५ वर्षका हलिउड अभिनेता केविन स्पेसीले सन् २००० मा ‘अमेरिकन ब्युटी’ फिल्मका लागि सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेका थिए।

बजफिड न्युजलाई दिएको अन्तर्वार्तामा ४६ वर्षीय अभिनेता रैपले भने– ‘उनले मलाई एउटा दुलाहाले आफ्नी बेहुलीलाई जस्तो समातेका थिए। शुरूमा म पछि हटेँ, किनभने मलाई यो के भइरहेको हो भन्ने थाहा भएन। उनी फेरि मेरो माथि नै बस्न आए। उनी मलाई फकाउने प्रयास गरिरहेका थिए, मलाई थाहा भयो उनी मसँग यौनसम्बन्ध बनाउन चाहन्थे।’

आफूमाथि भएको यौन शोषकको कुरा हार्वी वाइनस्टिन काण्डपछि बाहिर ल्याएको रेपले बताए। वाइन्स्टिनमाथि विगत केही दिनमा बलात्कारदेखि यौन शोषणको आरोप लागिसकेका छन्। यद्यपि उनले ती आरोपहरूलाई अस्वीकार गरिरहेका छन्।

केभिन स्पेसीले आफूमाथि उक्त आरोप लगाएपछि आफ्नो आधिकारिक अकाउन्टमार्फत माफी मागेका हुन्। उनले भने– ‘म एक अभिनेताका रूपमा एन्थोनी रैपको कामलाई सम्मान गर्छु। म उनीसँग भएको घटनालाई लिएर आतंकित भएको छु। मलाई साँच्चि त्यो घटनाको स्मरण छैन। यो करिब ३० वर्ष अगाडिको हो। तर उनले बताएको जस्तै यदि मैले उनलाई त्यस्तो व्यवहार गरेको हो भने रक्सीको नशामा भएको उक्त व्यवहारका लागि म उनीसँग माफी माग्न चाहन्छु।’

स्पेसीले आफ्नो लैंगिकताको पनि सार्वजनिक गर्दै उनले जीवनमा महिला र पुरुष दुवैसँग सम्बन्ध राखेको र अबदेखि आफू एक समलिंगी पुरुषका रूपमा जीवन बिताउने बताए। स्पेसीले लेखे– ‘म अब यसलाई इमानदारी र खुला रूपमा सामना गर्न चाहन्छु र यो मेरो व्यवहारको समीक्षाबाट शुरू हुनेछ।’

स्पेसीले मागी माग्दै आफू समलिंगी भएको कुरा खुलासा गरे। तर कयौं हलिउड हस्तीहरूले एक बालकलाकारसँग यौन शोषणको आरोप अगाडि आएपछि मात्र आफ्नो लैंगिकता सार्वजनिक गरेकामा स्पेसीको निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्