सेनाको समर्थनमा र्याली



 

 

यांगुन, (एजेन्सी)
लाखौं संख्यामा राहिंग्या मुस्लिम छिमेकी बंगलादेशमा पलायन हुन बाध्य पारेको हिंसाका कारण व्यापक आलोचित भएको म्यान्मार सेनाको समर्थनमा देशको सबैभन्दा ठूलो शहरमा नागरिकहरूले र्यालीको आयोजना गरेका छन्। बौद्ध राष्ट्रवादी, भिक्षुलगायत २ हजारभन्दा बढी सेना समर्थक उक्त जुलुसमा सहभागी भएको जनाइएको छ। सेना बलियो भएमा मात्र देशको सम्प्रभुता सुरक्षित हुने भएकाले सेनालाई समर्थन गर्न आह्वान गर्न चाहेको एक वरिष्ठ बौद्ध राष्ट्रवादी भिक्षु जोगाराले भिडमा सम्बोधन गरेका थिए। रखाइन प्रान्तमा भएको पछिल्लो हिंसात्मक दमनका कारण ६ लाख रोहिंग्या बंगलादेश पलायन भएका छन्।

प्रतिक्रिया दिनुहोस्