गुल्मी माइक्रो दुर्घटना: ११ जनाको मृत्यु , २ जना गम्भीर



अनिल खत्री, गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ९ जनाको मृत्यु भएको र २ जना गम्भीर घाएते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जना महिला ६ जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये ४ जनाकोसनाखत भएको छ । सनाखतहुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका ८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका बिष्णु पाण्डेय र चालक भमि घर्ति, अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् । गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको छ । सनाखतको लागी शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । मृत्यु भएकाहरुमा ३ जना महिला ६ जना पुरुष रहेका छन् । घाइतेहुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार चालक सहित १७ जना रहेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटना स्थलमा प्रहरी शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी सड्कबाट करिव ३ सय मिटर भन्दा वढी तल खसेको थियो । गाडीको तिब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटना स्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जिप सड्कको नालीमा रहेको बताए । दुर्घटना स्थल ठुलो भिर र साघुरो बाटो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्