बिद्यालय फोकस पुर्णसरसफाई अभियानलाई तिब्र पारिने



धनवीर दाहाल, मुसिकोट ।
रुकुम पुर्व र रुकुम पश्चिममा एकिकृत रुपमा पुर्ण सरसफाईको अभियान सञ्चालन भइरहेको अवस्थामा बिद्यालयले नेतृत्व गरेर पुर्ण सरसफाई अभियान सञ्चालन गर्नुपर्नेमा पश्चिम रुकुममा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । बिद्यालयले नेतृत्व गर्ने पुर्ण सरसफाई अभियान र समुदायले नेतृत्व गर्ने पुर्ण सरसफाई अभियानलाई प्रभावकारी बनाई दुवै रुकुमका सबै स्थानीय तहका जनप्रतिनिधिको अगुवाईमा काम गर्नुपर्नेमा जोड दिइएको हो । जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले सबै बिद्यालयलाई पुर्ण सरसफाईका सुचक पालना गर्न अनिवार्य रहेको बताउनुभयो । आफुले त्यस किसिमको पहल गरिरहेको र बिद्यार्थीबाट धेरै कुरा समाजमा फैलने भएकोले दुवै रुकुमलाई पुर्ण सरसफाई उन्मुख बनाउनका लागी सबै बिद्यालयले अभियान चलाउन आवश्यक रहेको र अभियान चलाउने बताउनुभयो ।
गाँउमा बालबालिकाहरुको यस्तो अभियान लाई विश्व खाद्य कार्यक्रमको सहयोगमा एकिकृत बिकास समाज नेपालद्धारा जिल्लामा संञ्चालित विद्यालय सरसफाइ कार्यक्रमले सहयोग गरेको हो । करिव एक बर्ष देखि जिल्लाका १३८ ओटा प्राथमिक विद्यालयका करिव १८ हजार पाच सय जति बालबाललिकाहरु र उनका अभिभावकहरुलाई पुर्ण सरसफाइ सम्बन्धि संचालन गरेका विभिन्न खालका कार्यक्रमहरु गदै आएपछि सरसफाई सम्बन्धी कार्यक्रमहरु प्रभाबकारी बन्दै आएका छन । बिद्यार्थीले आफ्नो व्यक्तिगत र वातावरणिय सरसफाईमा ध्यान दिई समाजमा चेतना अभिबृद्धि गर्ने भएकोले बिद्यालय स्तरको कार्यक्रम गरिएको एकिकृत विकास समाज नेपाल रुकुमका जिल्ला सरसफाई अधिकृत झनक प्रसाद जोशीले बताउनुभयो ।

सरसफाईलाई पुर्ण रुपमा सफल बनाउन विद्यालय स्तरबाट बालबालिकालाई विज्ञ बनाएमा घर हुदै गाउ समेत प्रभावित हुन्छ भन्ने उद्देश्यले कामहरु गरिरहेको हो । शोमबार भएको अन्र्तसंवाद कार्यक्रममा जिल्ला समन्वय समितीका बरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणी दाहालले जनप्रतिनिधिहरुको अगुवाईमा पनि अभियान संचालन गर्नुपर्ने र बिद्यालय तथा बिभिन्न सामाजिक निकायको अगुवाईमा अभियान चलाउनुपर्ने बताउनुभयो ।

कार्ययोजना बनाएर दुवै जिल्लाका सबै बिद्यालय तथा स्थानीय तहमा पुग्ने पनि छलफलले टुंग्याएको छ । कार्यक्रममा सरसफाई अभियानता तथा रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम संयोजक नरेन्द्र के.सीले तोकिएको समय सिमा भित्र रुकुमको पुर्व र पश्चिम लाई पुर्ण सरसफाई उन्मुख बनाउनका लागी सरोकारवालाहरु बिशेष ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो । रुकुममा खानेपानी तथा सरसफाई कार्यालय, जिल्ला समन्वय समिती, रेडक्रस सोसाइटी लगाएत ग्रामिण खानेपानी कोष विकास समिती फण्डबोर्ड, नियो नेपाल, रुकुमेली समाज विकास केन्द्र, एसएनभि नेपाल, पहल परियोजना, जनजागरण मंच तथा बिश्व खाद्य कार्यक्रमका साथै एकिकृत विकास समाज लगाएतका निकायहरु तिब्रताका साथ पुर्ण सरसफाईको क्षेत्रमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्